विकासभक्तको चुनावी अभियान “घरघरमै बृद्धभत्ता”



काठमाडौं, (नेस)
काठमाडौं महामनगरपालिकाको २४ नम्बर वडाबाट अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार हुनुभएका विकासभक्त श्रेष्ठले आफ्नो विजय भएपछि असहाय र बृद्धभत्ता घरघरमै लगेर बाँड्ने योजना भएको बताउनुभएको छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले वडामा हुने काम कारबाही छिटो छरितो र पारदर्शी बनाउने, हाल २४ नम्बर वडामा गाभिएको पहिलेको २५ र २६ नम्बर वडामा विशेष किसिमका कार्यक्रम लगेर जाने लगायतका योजना बनाएको उहाँले बताउनुभएको छ।‘मैले दुईपटक यहाँबाट चुनाव जितेको छु, जनताको माया, साथ र काम पनि जनताकै लागि गरेर जितेको हुँ।’ उहाँले भन्नुभयो ‘मलाई यसपटक पनि यहाँ जिताउनुहुनेछ भन्नेमा ढुक्क छु।’

श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट यस अघिका निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएकोमा यसपालि नेपाली कांग्रेस व्यक्तिवादी भएको भन्दै पार्टीमा टिकटको दावी नगरी स्वतन्त्रको उम्मेदवार भएको उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्