सात सन्तानसहित आठ जनाको हत्यारालाई मुद्दा नचलाइने



सिड्नी, (एजेन्सी)

अस्ट्रेलियाको एक अदालतले आफ्ना सात सन्तान र एक भतिजीलाई चक्कु प्रहार गरी हत्या गर्ने महिलालाई सजायँ नदिने फैसला दिएको छ।

अदालतले अपराध गरिरहेको बेला ती महिला मानसिक असन्तुलनको अवस्थामा रहेकाले उनले मुद्दा खेप्नु नपर्ने बताएको छ।
अदालतले उक्त मामिलामा गत महिना नै फैसला सुनाइसकेको थियो तर त्यसलाई अहिले मात्र सार्वजनिक गरेको हो।

ब्रिसबेनको उच्च सुरक्षा रहेको जेलमा कैद रहेका ४० वर्षीय रैना थाइडेलाई सामाजिक जीवनमा फर्कने अनुमति प्राप्त हुने वा नहुने भन्ने विषयमा अहिलेसम्म स्पष्ट भएको छैन।

क्यान्स शहरमा भएको उक्त घटनामा मारिएका बच्चाहरूको सम्झनामा घटनास्थललाई भत्काएर पार्कमा रूपान्तरण गरिएको थियो।
फोरेन्सिक मनोचिकित्सक डा.जेन फिलिप्सले अदालतलाई भने– उसले एउटा पन्छीको आवाज सुने र त्यसलाई सन्देश मानेर आफ्ना बच्चालाई सैतानबाट बचाउन उनीहरूको हत्या गरिन्।

थाइडे आफू र आफ्नो परिवारलाई सैतानबाट मुक्त गर्न ब्यग्र थिइन्।

अर्का मनोचिकित्सक डा. वर्गिजले थाइडेलाई विश्वको अन्त्य हुन लागेको छ भन्ने लागिरहेको बताए।

सम्भवत सोही कारणले उसले उक्त हत्या गरेको हुन सक्ने उनले बताए। यो आफैंमा भयभित गर्ने घटना हो।

सिज्रोफ्रिनियासँग सम्बन्धित मामिलामा सबैभन्दा खराब घटना भएको उनले बताए। रैना थाइडेका जेठो छोरा लेविस वारियाले उनी घाइते अवस्थामा भेटाएपछि उक्त घटनाका बारेमा थाहा पाएको हो।

थाइडेले आफैंलाई ३५ पटक चक्कु प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्