धौलागिरि र अन्नपूर्ण फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
आठौं क्षेत्रीय नेत्रहीन महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा धौलागिरि र अन्नपूर्णले खेल्ने पक्का गरेका छन्।

चारै सहभागी टोलीले एक⁄एक जित हासिल गरेपछि पाराबोला नियमअनुसार औसत रनको आधारमा धौलागिरि र अन्नपूर्णले उपाधि भिडन्त गर्ने भएको हो। बिहीबार भएको खेलमा धौलागिरिले अन्नपूर्णलाई ४१ रनले हराएको थियो। तर दोस्रो खेलमा अन्नपूर्णले सगरमाथालाई ४० रनले पराजित गरेपछि फाइनल पुग्न पर्याप्त भएको थियो।

हिजोको खेलमा धौलागिरिले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो। जसमा अशिका चौधरीले ५१ रन र सरिता घिमिरेले ४४ रन बनाउन सफल भए। जवाफमा अन्नपूर्णले २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो।

दोस्रो खेलमा अन्नपूर्णले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा चार विकेटको नोक्सानीमा १ सय ३६ रन जोडेको थियो। जसमा स्मृति बुढामगरले सर्वाधिक ५३ रन बनाएकी थिइन्। सगरमाथाले प्रत्युत्तरमा ९६ रन मात्रै बनाउन सक्यो। टोलीका लागि सपना चौधरीले २० रनको सर्वाधिक योगदान दिइन्।

प्रतिक्रिया दिनुहोस्