कांग्रेस र माओवादीबीच अघोषित तालमेल



हेटौंडा, (नेस)
हटौंडा उप–महानगरपालिका र थाहा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले अघोषितरूपमा चुनावी तालमेल गरे का छन्। उम्मेदवारी दर्ता गराएपछि दुई दलले दुई स्थानीय तहमा तालमेल गर्न सहमत भएका हुन्।

हेटौंडा नगरमा कांग्रेसले मेयरको उम्मेदवारी कायम राख्नेछ। कांग्रेसका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ। माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ। नेकपा माओवादी केन्द्रले मेयरमा पार्टीका मकवानपुर जिल्ला इन्चार्ज मोक्तानको नाम दर्ता गराएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ। मनोनयन दर्ताका क्रममा एक्कासी मोक्तानको नाम दर्ता गरिएपछि पार्टीका कार्यकर्ताहरू आश्चर्यमा परेका छन्।

यसअघि मेयरका उम्मेदवारका रूपमा गाउँ–गाउँमा डुलिरहेका बलराम बल उपमेयरमा चित्त बुझाउन बाध्य भएका छन्। कसरी पार्टीले यो निर्णय गर्यो यसको पक्का कारण पत्ता लागेको छैन। पार्टीका मकवानपुर जिल्ला प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथकले यो पार्टीको केन्द्रबाट नै निर्णय आएको बताए। थाहा नगरपालिकामा पनि कांग्रेस र माओवादीले चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। माओवादीका लवशेर विष्ट दुई दलका साझा उम्मेदार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेदार बन्नेछन्।

तर, कांग्रेस र माओवादीले छुट्टाछुटै उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि तालमेलको निर्णयअनुसार दुवै पार्टीले मेयर र उपमेयरको मनोनयन दर्ता फिर्ता गर्ने बताइएको छ। थाहा नगरका १२ वडामध्ये ७ वटा वडा माओवादीले र ५ वटा कांग्रेसले बाँडफाँट गरेका छन्। नेकपा माओवादी केन्द्रबाट मेयरमा पार्टी इन्चार्ज⁄पूर्वसभासद् कुमारी मोक्तान र उपमेयरमा बलराम बलले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि बल मेयरमा र कमला पौडेलले उपमेयरमा उम्मेदवारी दिने जनाइएको थियो। पार्टीको आवश्यकताअनुसार उम्मेदवार परिवर्तन गरिएको मोक्तानले बताइन्।

अब हेटौंडा नगरपालिकामा कांग्रेसले मेयरको उम्मेदवारी कायम राख्नेछ। कांग्रेसका नगर सचिव आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ। माओवादीका उपमेयर उम्मेदवार बलराम बललाई कांग्रेसले सहयोग गर्नेछ। थाहा नगरपालिकामा पनि कांग्रेस र माओवादीले चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। माओवादीका लवशेर विष्ट दुवै पार्टीका साझा उम्मेदवार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेदवार बन्नेछन्। थाहा नगरका १२ वडामध्ये ७ वटा वडा माओवादीले र ५ वटा कांग्रेसले बाँडफाँट गरेका छन्। कांग्रेस र माओवादीले छुट्टाछुटै उम्मेदवारी दर्ता गराएका छन्। तर, उम्मेदवारी दर्तापछि तालमेलको निर्णयअनुसार दुवै पार्टीले मेयर र उपमेयर मनोनयन दर्ता फिर्ता गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्