दुईचरणको निर्वाचनका विचमा मतगणना नगर्न एमालेको ध्यानाकर्षण



नेपाल समाचारपत्र, काठमाडौं । नेकपा एमालले आज निर्वाचन आयोगमा ध्यानाकर्षण गराएको छ । आज एमालले विज्ञप्ती निकालेर ध्यानाकर्षण गराएको हो ।

एमाले को पहल, प्रयत्न र सकारात्मक हस्तक्षेपको परिणामस्वरुप नै २०७४ वैशाख ३१ गतेको लागि निर्वाचनको मिति तोकिएको भन्दै विज्ञप्तीमा भनिएको छ–
‘स्थानीय तहको निर्वाचन एकै चरणमा गरिनु अनिवार्य आवश्यक थियो र छ । तर यस बीचमा बिना कुनै औचित्य १ महिनाको अन्तराल राखेर दुई चरणमा निर्वाचन गर्न भनी सरकारले गरेको निर्णयले एक प्रकारको अन्यौल, अनिश्चित र द्विविधा उत्पन्न गरेको छ ।
यति गंभीर निर्णय गरिरहँदा निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श गर्नु पनि आवश्यक नठानेकोमा हामी आश्चर्यचकित भएका छौं ।
अझ पहिलो चरणको निर्वाचन समाप्त भए पश्चात अर्काे चरणको निर्वाचन प्रारम्भ हुनु अगावै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता, मान्यता एवं निष्पक्षतामा समेत आघात पु¥याउने निश्चित छ ।

तसर्थ दुई चरणको निर्वाचनका बीचमा मतगणना गर्ने लगायतका कुनै पनि कार्य हुन नसक्ने, हुन नहुने कुरामा आम नेपाली जनता झै नेकपा (एमाले) स्पष्ट रहेको कुरा जानकारी गराउँदछौ ।’

विज्ञप्तीको पर्ण विवण

 

प्रतिक्रिया दिनुहोस्