एलिशालाई मिस राईको उपाधि



राई समुदायका युवतीहरुबीच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस राई२०१७ को उपाधि एलिशा राईले चुमेकी छिन्। अन्तिम प्रतिस्पर्धामा सहभागी ११ प्रतिस्पर्धीलाई उछिन्दै एलिसाले मिस राई२०१७ को ताज चुमेकी हुन्। पाँचौ संस्करणकी विजेता एलिशाले उपाधिका साथमा ताज, ट्रफी र स्कुटर पाएकी छिन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इशारा राई फष्ट, अस्मिता राईले सेकेन्ड र रोजि राईले थर्ड रनर्सअपको उपाधिलाई आफ्नो बनँए।

प्रतियोगितामा शर्मिला राई मिस ट्यालेन्ट, रजनी राई फोटोजेनिक र भिवर्स च्वाइस, एलिशा राइ बेष्ट फ्रेण्डसिप, एलिना राई बेस्ट स्माइल, अस्मिता राई बेस्ट वाक, कमला राई मस्ट पंचुआलिटि, संगीता राई बेस्ट डिसिप्लेन, प्रतिमा राई बेस्ट कल्चर र ड्रेस, रेश्मा राई बेस्ट हेयर, रोजी राई बेस्ट फिगर, इशारा राई बेस्ट पर्सानालिटि र सम्झना राई मिस पपुलरको विजेता भए।

प्रतियोगितामा कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेसम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ निर्णायक रहेका थिए। कार्यक्रममा गायक राजेशपायल राई, रुपकुमार राई, पार्वती राई, सन्तोष दुमी राई, विक्रम राई, देबेश राईलगायतले स्टेज तताएका थिए।

प्रतिक्रिया दिनुहोस्