लागू औषधसहित एक पक्राउ



महोत्तरी, (नेस)
महोत्तरीको बर्दिवासबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं ७ मा बस्ने वर्ष ३३ को गणेशकुमार खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको विशेष गस्ती प्रहरी टोलीले खत्रीको साथबाट अवैध लागूऔषध कोरेक्स १०० एमएलको ३० बोतल, स्सपासमोह प्रोक्सोभन १५ पत्तामा १५० क्याप्सुल र नाइट्राभेट १० पत्तामा १५० ट्याबलेट र निजको साथबाट नगद ४६ रुपियाँसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्