कांग्रेस अध्यक्ष निर्विरोध



लमजुङ, (नेस)
हिमालीपारिको जिल्लाको उपमा पाएको मनाङको नार फू गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले निर्विरोध निर्वाचित भएका छन्। अन्य दल वा स्वतन्त्र व्यक्ति कसैको पनि उम्मेदवारी नपरेपछि कांग्रेस मिङ्मा छिरिङ लामा निर्विरोध अध्यक्षमा चयन भएका हुन्। तर निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी रहेको छ। नार फू गाउँपालिका–१, नारगाउँ निवासी ४३ वर्षीय लामा पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न हुने निर्वाचनमा सम्भवतः मुलुकभरबाटै निर्विरोध निर्वाचित हुने पहिलो व्यक्ति हुन्।

यसै गरी सो गाउँपालिकाको वडा नं १ देखि ५ सम्म पनि वडाध्यक्ष र सदस्यहरू निर्विरोध चयन भएका छन्। वडा नं. १ देखि ३ सम्म कांग्रेस र वडा नं. मनाङको नारफु गाउँपालिका अध्यक्षमा लामा निर्विरोध ४ र ५ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरू निर्विरोध भएका हुन्। सो गाउँपालिकाको उपाध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ। तर स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले दिएको उम्मेदवारीको योग्यतामा प्रश्न उठेपछि छ उपाध्यक्षमा पनि कांग्रेसका फूर्पा जोम्पा लामा निर्विरोध हुने सम्भावना बढेको छ।

जिल्ला सदरमुकाम चामेस्थित वडा नं १ र २ मा पनि वडाध्यक्षहरू निर्विरोध चयन भएका छन्। उनीहरूले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्