माओवादी सांसद साधारण सदस्यबाटसमेत निष्कासित



नेपाल समाचारपत्र
ललितपुर
पार्टीको नीति र निर्देशनविपरीत काम गरेको आरोप लगाउँदै माओवादी केन्द्रले सांसद योगेन्द्र घिसिङलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । घिसिङ माओवादी केन्द्रका समानुपातिक सांसद् हुन् ।

माओवादी केन्द्रको ललितपुर जिल्ला सचिवालय सदस्यसमेत रहेका सांसद् घिसिङले पार्टीको नीतिविपरीत उम्मेदवार खडा गरेको तथा आफू निकटकाले टिकट नपाएपछि स्वतन्त्र प्यानलबाट ललितपुरका विभिन्न गाउँपालिकाबाट उम्मेदवार खडा गरेको आरोप लगाइएको छ ।

प्राप्त जानकारीअनुसार बुधबार ललितपुर जिल्ला कार्यसमितिको बैठकले घिसिङलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टी स्रोतका अनुसार घिसिङलाई पार्टीको कुनै पनि तह तथा भूमिकामा नरहने गरी अनिश्चित कालका लागि निष्कासन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्