सल्यानमा कुन- कुन दलले उम्मेदवारी दर्ता गरे ?



सरिता चलाउने,सल्यान ।
चुवाब हुन्छ कि हुदैँन भन्ने दोधारमा रहेको बेलामा उम्मेदवारी दर्ता भएपछि माहोल फेरिएको छ ।

जिल्लामा दलहरुले बाजागाजा र ¥याली सहित विभिन्न स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन् ।

आ–आफ्नो पक्षमा नतिजा आउने दाबी गरेका ती दलहरुले उल्लेख्यमा मात्रामा कार्यकर्ताहरुको माझमा उम्मेदवारी दर्ता गरेका हुन ।

चुनावी माहोल जिल्लाका सबै स्थानिय तहमा देखिएको छ । जिल्लामा रहेका नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्ति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गरेको स्थानिय निर्बाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।
जिल्लामा ३ नगरपालीका र ७ गाउपालिका रहेका छन् । ती स्थानिय तहमा एकै साथ बैशाख ३१ गते स्थानिय निर्बाचन हुदैँ छ ।

जिल्लाका १० वटै स्थानिय तहमा उम्मेदवारी दर्ता कार्य शान्ती पूर्ण तरीकाले सम्पन्न भएको छ । जिल्लाका १० स्थानीय तहमा एउटा पदमा मात्र महिला उम्मेदवारी परेको छ । कुमाख मालिका गाउपालिकाबाट माओवादी केन्द्रबाट दिलमाया वि.एमले उम्मेदवारी दिनुभएको छ ।

यस्तो रह्रयो उम्मेदवारी

नेपाली काँग्रेस
जिल्लाको सदरमुकाम खलंगामा रहेको शारदा नगरपालिकामा मेयरको उम्मेदवारमा पुर्व जिल्ला विकास समिति सल्यानका कार्यक्रम अधिकृत सुरेश अधिकारीले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने उपमेयरमा सावित्रा वस्नेतले उम्मदवारी दर्ता गराउनु भएको छ ।

यस्तै वागचौर नगरपालिकाबाट गोरख केसी मेयरमा र उपमेयरमा मेनका चन्द ले उम्मदवारी दिनुभएको छ । वनगाड कुपिण्डे नगरपालिकाबाट उपमेयरमा दिपेन्द्र विष्ट ले उम्मेदवारी दिनुभएको छ ।

यस्तै ढोरचौर गाउपालकिा अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा विमला रेउले, कुमाख मालिका गाउपालिकाबाट प्रमुखमा विवेकसिंह राठौर र उप प्रमुखमा उर्मिला राणाले उम्मदेवारी दिनुभएको छ ।

यसैगरी दार्मागाउपालिकाबाट रामचन्द्र केसी र कालीमाटी गाउ पालिकाबाट प्रमुखमा भरत पुन र उप प्रमुखमा कमला अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै छत्रेश्वरी गाउपालिकाबाट प्रमुखमा सन्तोष केसी र उप प्रमुखमा सिता केसीले उम्मेदवारी दिनुभएको छ । कपुरकोट अध्यक्षमा दुर्गा गिरी र ओकी वोहरा उपाध्यक्षमाले उम्मेदवारी दिनुभएको छ यस्तै त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा मान वहादुर डाँगी उपाध्यक्षमा करुणा खड्काले उम्मेदवारी दिनुभएको छ ।

नेकपा एमाले
यसै गरी नेकपा एमालेबाट शारदा नगरपालिबाट मेयरमा राम कुमार खड्की र उप मेयरमा सरिता हमालले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाबाट मेयरमा लोक वहादुर डाँगी र उप मेयरमा ओका देवी केसीले उम्मदेवारी दर्ता गराउनु भएको छ ।

कुपिण्डे वनगाड नगरपालिकाबाट मेयरमा गोविन्द पुन र उप मेयरमा नेपाली काग्रेसका दिपेन्द्र विष्ट उम्मेदवारी दर्ता गराउनु भएको छ । कुपिण्डे वनगाड नगरपालिकामा एमाले र काग्रेस वीच तालमेल भएको छ ।

यसै गरी कपुरकोट गाउपालिका प्रमुखमा भिम वहादुर सेन र उपाध्यक्षमा तिलावुढाले उम्मेदवारी दिनुभएको छ । त्रिवेणी गाउपालिकाबाट लोकेन्द्र सिंह खडका पवित्रा केसी उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै छत्रेश्वरी नगरपालिकाबाट अध्यक्षमा ओज वहादुर वुढाथोकी र उपाध्यक्षमा वुद्धा केसी, ढोरचौर गाउपालिकाबाट चित्र वहादुर चलाउने र र उपाध्यक्षमा पुष्पा वोहराले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी कालीमाटी गाउपालिकाबाट अध्यक्षमा दान वहादुर केसी र उपाध्यक्षमा सहनशिलता ओली, कुमाख गाउपालिकाबाट अध्यक्षमा भैरव वहादुर शाह र उपाध्यक्षमा शान्ति चन्दले उम्मेदवारी दिनुभएको छ ।

यस्तै दार्मा गाउपालिकाबाट उपाध्यक्षमा दल वहादुर केसीले उम्मेदवारी दिनुभएको छ । दार्मा गाउपालिका काग्रेसलाई अध्यक्ष र उपाध्यक्षमा एमाललेलाई सहमती भएको छ ।
नेकपा माओवादी केन्द्र
यस्तै माओवादी केन्द्रबाट शारदा नगरपालिकाको मेयरमा प्रमोद श्रेष्ठ र उप मेयरमा झरणा वुढाथोकी, वागचौर नगरपालिकाको मेयरमा लोकमान वुढाथोकी र उप मेयरमा कल्पना पुनले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी वनगाड कुपिण्डे नगरपालिकाबाट मेयरमा कर्ण वहादुर वुढाथोकी र उप मेयरमा मञ्जु यरीले उम्मेदवारी दिनुभएको छ । यस्तै गरी दार्मागाउपालिकाबाट अध्यक्षमा निम वहादुर केसी, उप मेयरमा टिका वली, छत्रेश्वरी गाउपालिकाबाट चित्र वहादुर केसी अध्यक्ष र उपाध्यक्षमा राधा शर्माले उम्मेदवारी दिनुभएको छ । यसैगरी त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा अजय रोका, उपाध्यक्षमा लिलावती वुढा, कपुरकोट गाउपालिकाबाट प्रकाश भण्डारी र उपाध्यक्षमा एलिना रानाले उम्मेदवारी दिनुभएको छ । ढोरचौर गाउपालिकाबाट अध्यक्षमा नरविर चलाउने र उपाध्यक्षमा भुमि वुढाथोकी, कालीमाटी गाउपालिकाबाट अध्यक्षमा पुरुषोत्तम भटराई र उपाध्यक्षमा प्रिति डिसी र कुमाख गाउपालिकाबाट अध्यक्षमा दिलमाया वि.एम. र उपाध्यक्षमा डिल्लीराज जैशीले उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
यस्तै राष्टिय प्रजातन्त्र पार्टीबाट शारदा नगरपालिकामा मेयरमा मनोज प्रधानले उम्मेदवारी दिनुभएको छ । यस्तै वागचौर नगरपालिकाको मेयरमा टोप वहादुर केसी ले उम्मेदवारी दिनुभएको छ । यस्तै कपुरकोट गाउँपालिकामा अध्यक्षमा करुणा गिरीले उम्मेदवारी दिनु भएको छ ।
नयाँ शक्ति
नयाँ शक्तिले शारदा नगरपालिकामा उप मेयरमा सुमन कुमार विश्वकर्माले विश्वकर्माले उम्मेदवारी दिनु भएको छ ।
माले
मालेले शारदा नगरपालिकामा टेक बहादुर केसी र उपमेयरमा यमुना चनाराले उम्मेदवारी दिनु भएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट बागचौर नगरपालिकाको मेयरमा शशे सुनार उम्मेदवारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्