नवलपुरको पूर्वी क्षेत्रमा उम्मेदवारी दर्ता



घनश्याम बगाले, नवलपरासी
जिल्ला एउटै भएर पनि दुई प्रदेशमा विभाजित नवलपरासीको ४ नम्बर प्रदेशमा पर्ने नवलपुर क्षेत्रमा विभिन्न राजनैतिक दलहरूले मंगलबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्।

नवलपुरको पूर्वी क्षेत्र गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा गजेन्द्रबहादुर आले उपमेयरमा विष्णु सापकोटा, एमालेबाट छत्रराज पौडेल, माओवादी केन्द्रबाट दुर्गा ढुंगाना र पार्वती आचार्यले मनोनयन गरेका छन्।

त्यसै गरी देवचुली नगरपालिको मेयर तथा उपमेयरमा कांग्रेसका तर्फबाट पूर्णकुमार श्रेष्ठ र लक्ष्मी बस्ताकोटी, एमालेबाट हरि न्यौपाने र पार्वर्ती तिवारी तथा नेकपा माओवादी केन्द्रबाट सत्यनारायण भुसाल र प्रेमा खनालले मनोनयन दर्ता गरेका छन्।

कावासोती नगरपालिकामा नेपाली कांग्रेसबाट महेन्द्र पोख्रेल र खगिसरा गुरुङ, एमालेका तर्फबाट चन्द्रा पुन र प्रेम शंकर मर्दनिया र माओवादी केन्द्रबाट डासिराम बस्याल र रमिला भुजेल तथा राप्रपाबाट लोकनाथ लामिछाने र उमा दमाईले क्रमशः मेयर उपमेयरमा मनोनयन गरेका छन्।

यसै गरी मध्यविन्दु नगरपालिकामा नेपाली कांग्रेसबाट चन्द्रबहादुर राना र ओमकुमारी थारू, एमालेबाट भीमलाल कँडेल र जोगमाया महतो तथा माओवादी केन्द्रबाट सुष्मा खनाल र चूडाबहादुर आलेले मनोनयन गरेका छन्।
यहाँका चार वटा गाउँपालिकामा पहाडको बुलिंगटारबाट नेपाली कांग्रेसबाट शशिकिरण बस्ताकोटी, एमालेबाट विद्रोही गिरीले अध्यक्ष पदमा मनोनयन गरेका छन्।

यसै गरी बुंग्दीकाली गाउँपालिकाबाट कांग्रेसतर्फबाट दुर्गाबहादुर राना र एमालेका तर्फबाट श्याम श्रेष्ठले मनोनयन दर्ता गरेका छन्।

अर्को हुप्सेकोट गाउँपालिकाबाट नेपाली कांगे्रसबाट लक्ष्मी पाण्डे, एमालेबाट मेघबहादुर पुलामी र माओवादी केन्द्रबाट चन्द्रबहादुर थापा, राप्रपाबाट यमबहादुर गाहाले मनोनयन गरेका छन्।

विनयी त्रिवेणी गाउँपालिकाबाट नेपाली कांगे्रसबाट डम्बर जीसी, एमालेबाट लक्ष्मण भुसाल, माओवादीबाट कृष्ण पाण्डेले मनोनयन गरेका छन्।

स्थानीय निर्वाचनको मनोनयनसँगै उपस्थित सर्वसाधरणले चुनाव हुने निश्चितता बढेको तथा चुनावी रौनकता थपिएको प्रतिक्रिया दिएका छन्।

मनोनय गर्नुपूर्व दलहरूले आफ्ना पार्टीका झण्डा ब्यानर एवं बाजगाजासहित निर्वाचन कार्यालय अगाडि जनप्रदर्शन गरेका थिए। कतिपय दलले भने उम्मेदवार छाँटकाँटमै दिन बिताउँदा ढिला गरी निर्वाचन कार्यालय पुगेका थिए।

जिल्लाको पश्चिम परासी क्षेत्र भने ५ नम्बर प्रदेशमा रहेकाले दोस्रो चरणको निर्वाचनमा परेका कारण चुनावी सरगर्मीबाट टाढै रहेको छ।

प्रतिक्रिया दिनुहोस्