रसुवाको गाउँपालीमा तीन महिला प्रमुख



नेपाल समाचारपत्र, रसुवा । बैसाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि रसुवामा पाँच वटा दलले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । जिल्लामा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नयाँ शक्ति पार्टी नेपालले एक एक जना महिलालाई प्रमुखमा उठाएको छ ।

गाँउपालिका प्रमुखका लागि नौकुण्ड गाँउपालिकामा दुई र कालिका गाँउपालिकामा एक जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । पाँच वटा पार्टीमध्ये राप्रपाले कालिका गाँउपालिका र पार्वतीकुण्ड गाँउपालिकामा प्रमुखमा उम्मेदवारी दिएको छ ।

नँया शक्ति पार्टी नेपालले एक जना दलितलाई उपप्रमुखमा उठाएको छ भने अन्य राजनीतिक दलले दलितलाई प्रमुख तथा उपप्रमुखमा उठाएका छैनन् । चार वटै दलले दलितलाई वडा अध्यक्षसम्ममा स्थान दिएका छन् । गोसाइकुण्ड गाँउपालिकाको दुई वटा वडामा दलितका लागि भने निर्वाचन गर्नुपर्ने अवस्था आएको छ ।

गोसाइकुण्ड गाँउपालिका
 नेकपा एमालेले प्रमुखमा कैसाङ नुपुृ तामाङ, उपप्रमुखमा कर ग्याल्मु तामाङ श्रेष्ठ, नेकपा माओवादी केन्द्रले प्रमुखमा उम्मेदवार दर्ता नगरी उपप्रमुखमा फुर्वा तामाङलाई उठाएको छ । नयाँ शक्ति पार्टी नेपालले प्रमुखमा कामी बुटी तामाङ, उपप्रमुखमा नुर्पु सिङ्गी तामाङ र नेपाली कांग्रेसले प्रमुखमा पार्टी सभापति पेम्वा छिरिङ तामाङ, उपप्रमुखमा देकी तामाङको नाम दर्ता गरेको छ ।

नौकुण्ड गाँउपालिका
नेपाली कांग्रेसले प्रमुखमा नुर्वु साङ्वो घले, उपप्रमुखमा लक्ष्मी वाइवा, नयाँ शक्तिले प्रमुखमा भूमे लामा, उपप्रमुखमा युटी लामा, नेकपा माओवादी केन्द्रले फुलमाया वाइवा, उपप्रमुखमा केशव प्रसाद पौडेल, नेकपा एमालेले प्रमुखमा विकास लामा र उपप्रमुखमा सृजना लामालाई उम्मेदवार उठाएको छ । गाउँपालिका प्रमुखका लागि स्वतन्त्रबाट गोपी घले र लक्षिन नुर्पु तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
कालिका गाँउपालिका
नेकपा माओवादी केन्द्रले प्रमुखमा उद्धव रिजाल, उपप्रमुखमा शिला मगर, नेकपा एमालेले प्रमुखमा सिताकुमारी पौडेल अधिकारी, उपप्रमुखमा भवानी प्रसाद न्यौपाने, नेपाली कांग्रेसले प्रमुखमा साधुराम पौडेल, उपप्रमुखमा सावित्री केसी, नयाँ शक्तिले प्रमुखमा कृष्ण तामाङ, उपप्रमुखमा सरिता लामिछाने, राप्रपाले प्रमुखमा टिका देवकोटालाई उठाएको छ । विष्णु प्रसाद देवकोटाले स्वतन्त्रबाट प्रमुखमा उम्मेदवार दर्ता गराउनुभएको छ ।

पार्वतीकुण्ड गाँउपालिका
नेकपा एमालेले प्रमुखमा ल्हाक्पा गोम्वो तामाङ, उपप्रमुखमा नविना लामा, नयाँ शक्तिले प्रमुखमा बुचुङ तामाङ, उपप्रमुखमा संगिता तामाङ, नेपाली कांग्रेसले प्रमुखमा अभिनास तामाङ, उपप्रमुखमा छेन्जोम तामाङ, नेकपा माओवादी केन्द्रले प्रमुखमा फुर्पु तेन्जेन तामाङ, उपप्रमुखमा तारा तामाङ र राप्रपाले प्रमुखले कामीगरा तामाङलाई उठाएको छ ।

उत्तरगया गाउपालिका
नेकपा एमालेले प्रमुखमा असोक घिमिरे र उपप्रमुखमा चमेली गुरूङ, नेकपा माओवादी केन्दले प्रमुखमा मेघनाथ घिमिरे प्रभाकर, उपप्रमुखमा रेणु गुरूङ नेपाली कांग्रेसले प्रमुखमा उपेन्द्र लम्साल, उपप्रमुखमा पम्फा देवि तिमिल्सिना, नयाँ शक्ति पार्टी नेपालले प्रमुखमा इन्द्र सापकोटा, उपप्रमुखमा चमेली विकलाई उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्