लोकमानको ठाउँमा बस्न्यात



नेपाल समाचारपत्र, काठमाडौ । अख्तियारका बरिष्ट आयुक्त दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारीस भएका छन । संबैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह बसेको संबैधानिक परिषदको बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गर्ने निणर्य गरेको हो ।

आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै पदबाट हटाएपछि रिक्त पद पुर्ति गर्न सर्वोच्चले आदेश दिएको थियो ।

कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समेत पाएका बस्न्यातलाई प्रमुखको सिफारीस गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्