गोरखामा उम्मेदवारी दर्तामा शक्ति प्रदर्शनको होड्बाजी



सन्तोष अधिकारी, गोरखा । स्थानीय तहको निर्वाचन नजिकिए सँगै गोरखा जिल्लाको चुनावी माहोल ह्वात्तै बढेको छ । विहान १० बजे देखि निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारहरुले मनोनयन दर्ता गर्ने भनिए पनि त्यसो भएन ।

देशकै ठुलो दल नेपाली कांग्रेस करिब १२ बजे मात्र रुख चिन्ह र पाँच तारे झण्डा सहितको टिर्सट लगाएका थुप्रै कार्यकर्ताहरुको जुलुस लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्यो । नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त र उपमेयरमा विना श्रेष्ठलाई उठाएको छ ।

कांग्रेस पार्टी कार्यालय तिनधारे देखि नारा जुलुस लगाउँदै बसपार्क हुँदै हरमटारी आएको हो । कांग्रेसको जुलुस आउँदा सवारी आवात जावत समेत ठप्प थियो ।

करिब दुई घण्टा पछि एमाले पनि कांग्रेस कै शैलीमा कांग्रेसको भन्दा तुलनात्मक रुपमा धेरै कार्यकर्ताहरु लिएर निर्वाचन अधिकृतको कार्यालयमा आयो ।

जिल्ला प्रशासन छिर्ने गेटमा उमेद्वार मनोनयन गराउन आएका कांग्रेस र एमालेका नेता कार्यकर्ताको भेट भएको थियो ।

नेपाल प्रहरीले कांग्रेसका नेता कार्यकर्तालाई रोकेर एमालेलाई निर्वाचन अधिकृतको कार्यालयमा छिराएको थियो । निर्वाचन अधिकृतको कार्यालयले भनेको समयसिमा भन्दा ढिलो नेपाली कांग्रेस आएपछि अन्यदलहरुले असन्तुष्टि ब्यक्त गरेका थिए ।

एमालेले गोरखा नगरपालिकामा पूर्व मेयर समेत रहेका विश्वेश्वर कट्टेल र उपमेयरमा सम्झना देवकोटालाई उठाएको छ ।
एमाले जिल्ला प्रशासनको गेट बाट भित्र छिर्ने वित्तिकै नेकपा माओवादी केन्द्र हरमटारी चोकमा निस्कियो ।

केहि मिनेट अगाडी मात्र एमालेको जुलुलाई बल्ल तल्ल भित्र पठाएको प्रहरीलाई अर्काे समस्या आइलाग्यो । प्रहरीले एकछिन रोक्न खोज्दा समेत उग्र बनेका माओवादी केन्द्रका कार्यकर्ताले ‘हुँदैन बरु हामी भित्रै कसरी बस्ने हो मिलेर बस्छौँ’ भनेर पेल्न थालेपछि प्रहरीले भित्र पठाएको थियो ।

जिल्लामा मनोनयन दर्ता गर्न माओवादीले ठुलै शक्ति प्रदर्शन ग¥यो । मंगलबारको मनोनयन कार्यक्रममा कांग्रेस र एमालेले भन्दा माओवादी केन्द्रले धेरै शक्ति उतारेको थियो । लाईनबद्ध भएको ¥याली सहित माओवादीले मोटरसाईकलमा समेत यूवाहरुलाई मिसाएको थियो ।

बाजागाजा सहित आएका एमालेले करिब डेढ घण्टा लगाएर मनोनयन सकेपछि माओवादी केन्द्रले मनोनयन दर्ता गरेका थियो । माओवादीले मेयरमा कृष्ण राना र उपमेयरमा कन्चन कुमाललाई उठाएको छ ।
गोरखामा ठुला पार्टी भनिने कांग्रेस एमाले, माओवादी केन्द्रले नगर र गाउँपालिकामा शक्ति प्रदर्शनमा होडबाजी गरेका हुन् । व्यापक कार्यकर्ताको समर्थनका माझठूला पार्टी उम्मेदवारी दर्ता गरे । नयाँ शक्तिले भने उमेद्वार सहित प्रस्तावक र समर्थ मात्र गएर मनोनयन गरेको छ । नयाँ शक्तिले गोरखा नगरपालिकाको मेयरमा ज्ञानेन्द्र कुमाल र उपमेयरमा पूर्णमायाँ वन्तलाई उठाएको छ । राप्रपाले मेयरमा सरोज कुँवरलाई उठाएको छ ।

गोरखामा अन्य दलहरु नयाँ शक्ति, राप्रपा, संघिय समाजवादी फोरम, लगायतका दलहरुले जिल्लाको दुई नगर र सात गाउँपालिकामा उमेद्वारको मनोनयन गरेका हुन् । गोरखामा परिवार दल संघिय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्