चार नम्वर प्रदेशमा परेको नवलपरासीमा चुनावी रौनक



घनश्याम बगाले, नवलपरासी ।
जिल्ला एउटै भएर पनि दुई प्रदेशमा विभाजित नवलपरासीको ४ नम्वर प्रदेशमा पर्ने नवलपुर क्षेत्रमा विभिन्न राजनैतिक दलहरुले मंगलबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेकाछन् ।

नवलपुरको पुर्वि क्षेत्र गैडाकोट नगरपालिकामा नेपाली काग्रेसले मेयरमा गजेन्द्र बहादुर आले उपमेयरमा विष्णु सापकोटा,एमालेबाट छत्रराज पौडेल, माओबादी केन्द्रबाट दुर्गा ढुंगाना र पार्वती आचार्यले मनोनयन गरेकाछन् ।

त्यसै गरी देवचुली नगरपालिको मेयर तथा उप मेयरमा काग्रेसका तर्फबाट पुर्ण कुमार श्रेष्ठ र लक्ष्मी बस्ताकोटी, एमालेबाट हरि न्यौपाने र पार्वर्ती तिवारी तथा नेकपा माओबादी केन्द्रबाट सत्यनारायण भुसाल र प्रेमा खनालले मनोनयन दर्ता गरेकाछन् ।

कावासोती नगरपालिकामा नेपाली काग्रेसबाट महेन्द्र पोख्रेल र खगिसरा गुरुंग, एमालेका तर्फबाट चन्द्रा पुन र प्रेम शंकर मर्दनिया र माओबादी केन्द्रबाट डासीराम बस्याल र रमिला भुजेल तथा राप्रपाबाट लोकनाथ लामिछाने र उमा दमाईले क्रमशः मेयर उपमेयरमा मनोनयन गरेका छन् ।

यसैगरी मध्यविन्दु नगरपालिकामा नेपाली काग्रेसबाट चन्द्रबहादुर राना र ओम कुमारी थारु, एमालेबाट भिमलाल कंडेल र जोगमाया महतो तथा माओबादी केन्द्रबाट शुष्मा खनाल र चुडा बहादुर आलेले मनोनयन गरेकाछन् ।

त्यहाँका चार ओटा गाउ पालिकामा पहाडको बुलिंगटार बाट नेपाली काग्रेसबाट शशी किरण बस्ताकोटी, एमालेबाट विद्रोही गिरीले अध्यक्ष पदमा मनोनयन गरेकाछन् ।

यसै गरी बुंग्दीकाली गाउ पालिकाबाट काग्रेसतर्फबाट दुर्गा बहादुर राना र एमालेका तर्फबाट श्याम श्रेष्ठले मनोनयन दर्ता गरेकाछन् ।

अर्को हुप्सेकोट गाउपालिकाबाट नेपाली कागे्रसबाट लक्ष्मी पाण्डे, एमालेबाट मेघबहादुर पुलामी र माओबादी केन्द्रबाट चन्द्र बहादुर थापा,राप्रपाबाट यमबहादुर गाहाले मनोनयन गरेकाछन् ।

विनयी त्रिवेणी गाउपालिकाबाट नेपाली कागे्रसबाट डम्वर जिसी, एमालेबाट लक्ष्मण भुसाल, माओबादीबाट कृष्ण पाण्डेले मनोनयन गरेकाछन् ।

स्थानीय निर्वाचनको मनोनयनसंगै उपस्थित सर्वसाधरणले चुनावहुने निश्चितता बढेको तथा चुनावी रौनकता थपिएको प्रतिक्रिया दिएकाछन् ।
मनोनय गर्नु पुर्व दलहरुले आफ्ना पार्टीका झण्डा ब्यानर एवं बाजा गाजा सहित निर्वाचन कार्यालय अगाडी जनप्रर्दशन गरेका थिए । कतिपय दलले भने उमेदबार छाटकाटमै दिन विताउदा ढिलागरी निर्वाचन कार्यालय पुगेका थिए ।

जिल्लाको पश्चिम परासीक्षेत्र भने ५ नम्वर प्रदेशमा रहेकाले दोश्रो चरणको निर्वाचनमा परेका कारण चुनावी सरगर्मीबाट टाढै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्