ढुङ्गाले किचेर महिलाको मृत्यु



रामधन राई, खोटाङ ।
सडक निर्माण गर्ने क्रममा झरेको ढुङ्गाले किचेर खोटाङकोे हलेसी तुवाचुङ नगरपालिका–७ की ४२ वर्षीया कुरुङसरा राईको मृत्यु भएको छ ।

मंगलबार दिउँसो स्काभेटर प्रयोग गरेर हलेसी तुवाचुङ नगरपालिका–९ स्थित सल्लेपोखरीदेखि महादेउबेसी जोड्ने सडक निर्माणका क्रममा माथिबाट झरेको ढुङ्गाले किच्दा बाख्रा गोठाला गएकी राईको घटनास्थलमै मृत्यु भएको हो ।

महिलाको मृत्युपछि सडक निर्माणमा प्रयोग गरिएको स्काभेटर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्