डोटीका सामुदायिक विद्यालयहरुले शुल्क लिदै



विमल विष्ट, डोटी ।
मावि तहसम्म शुल्क लिन नपाइने व्यवस्था संविधानमै उल्लेख भएपनि सुदूरपश्चिमको पहाडी जिल्ला डोटीका सामुदायिक विद्यालयहरुले धमाधम शुल्क लिइरहेका हुन् ।

विद्यार्थीबाट परीक्षा, खेलकुद सामग्री, अतिरिक्त क्रियाकलाप, सहयोग लगायतका शीर्षकमा शुल्क उठाउने काम भइरहेको छ । क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको दिल्पेश्वर माध्यामिक विद्यालय, राधाकृष्ण माध्यमिक विद्यालय गोपघाट, गिरीचौका माध्यमिक विद्यालय गिरिचौका, प्रभात माध्यमिक विद्यालय महादेवस्थान, हरिहर माध्यमिक विद्यालय पचनाली, पदमपब्लिक मुक्तिनाराण माध्यमिक विद्यालय सिलगढी, सरस्वती माध्यमिक विद्यालय, मगलेक माध्यामिक विद्यालय तिखाले विद्यार्थीबाट अवैध रुपमा शुल्क लिइरहेको स्थानिय अभिभाबकको आरोप छ ।

उक्त विद्यालयहरुले ३ सयदेखि ७ सय रुपैयाँसम्म शुल्क लिने गरेको उनिहरुको भनाई छ । कतिपय विद्यालयले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत शुल्क उठाएको दिपायलका स्थानिय कृष्ण मलासीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्