काठमाडौं महानगरपालिकाको प्रमुखमा पाँच जनाको उम्मेदवारी दर्ता



काठमाडौ (नेस) ।
काठमाडौं महानगरपालिकाको प्रमुखका लागि मगंलबार पाँचउम्मेदवारी दर्ता गराएका छन् ।

विवेकशिल नेपाली पार्टीका तर्फबाट रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी हुन ।

साझा पार्टीका तर्फबाट थापाले महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका हुन ।

यस्तै देशभक्त पर्यावरणीय मोर्चाका सुरेन्द्र प्रसाद ढकालले पनि मनोनयन दर्ता गरेका छन ।

साथै विनोद कुमार क्षेत्री र अलोक महर्जनले काठमाडौंको मेयरका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

अहिले सम्म प्रमुख दलका तर्फवाट कसैले उम्मेदवारी दिन आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्