सदरमुकाम सूनसान गाउँमा चहल–पहल



बीरबहादुर बम⁄मुगु

स्थानीय तहको निर्वाचनका लागि नेता देखि कार्यकर्ता गाँउ–गाँउमा दौडधुपमा व्यस्त हुन थालेपछि सदरमुकाममा भने चुनावी गतिविधी खासै देखिदैन। पछिल्लो समयमा सदरमुकाम गमगढि सूनसान बन्दै गएको छ। मुगुका ३ वटा गाँउपालिका र १ नगरपालिका गरि ४ वटा स्थानिय तहमा बिभाजित भएको छ। सबै तहमा ६० वटा निर्वाचन केन्द्र छन।

सबै राजनितिक दलले आफना उम्मेद्धारको नामावलीको टुंगो लागाइ सकेका छन्। एकै पार्टिले प्रत्यक वडामा ५ सदस्य, गाउपालिकामा कम्तीमा ६३ जना र नगरपालिका ७२ जना उम्मेद्धार छानौट गर्नु पर्ने छ। यसरि स्थानिय तहका उम्मेद्धार छनौटमा सबै राजनितिक दलहरू दौडधुपमा ब्यस्त छन। नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी प्रचारमा व्यस्त छन्। गाउँमा नेता कार्यकर्ताको जमघटपछि सर्वसाधारण भने आफना कार्यकर्ताको कुरा सुन्न र खाना खुवाउनै ब्यस्त छन्।

वर्षौपछि हुन लागेको निर्वाचनमा पदिय प्रलोभनमा परेर पार्टी परिवर्तन गर्नेहरूको कमी पनि छैन। मुलुक संघिय संरचनामा जाने निश्चित भएपछि हाम्रा भन्दा पनि राम्रा उम्मेद्धारको छनोट गर्न युवा पुस्ताले जोड दिएका छन्। तर यूवाहरूको सुझावलाई पाका पुस्ताहरूले मान्ने सँकेत दिएका छैनन्।

संबिधानले स्थानिय निर्वाचनमा महिला, दलित र अल्पसंख्यकको सिट सुनिश्चीत गरेकोले त्यस्ता कोटामा पिछडिएका वर्गको प्रतिनिधित्व धेरै हुने भएको छ। निर्वाचनमा आफुले भनेको पद तथा टिकट नपाएको खण्डामा पार्टिको सिद्धान्त नै भुलेर भए पनि पार्टी परित्याग गर्नेहरूको पनि लहर नै चलेको छ।

प्रतिक्रिया दिनुहोस्