महाअभियोगको विरुद्धमा विरोध प्रदर्शन नाराः ककाकिकी, देउवा–प्रचण्ड छिछि



नेपाल समाचारपत्र
काठमाडौं
धानन्यायाधीश सुशीला कार्कीलाई संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको विरोधमा विभिन्न पार्टी र संघ–संस्थाहरूले काठमाडौंमा सोमबार प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरबाट निकालिएको र्याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।

सभामा सहभागीहरूले न्यायपालिका सर्वोच्च संस्था भएको भन्दै यसको बर्खिलापमा कोही पनि जान नहुने बताएका थिए। दलको खोल ओढेर लोकतन्त्रको धज्जी उडाएको भन्दै दलहरूले लुटतन्त्रलाई प्रश्रय दिएको आरोप उनीहरूले लगाएका थिए।

सूचना लुकाई सरकारले झुक्याएर महाअभियोग प्रस्ताव दर्ता गर्नु लज्जास्पद भएको सहभागीको भनाइ थियो। कार्यक्रममा साझा पार्टीका रवीन्द्र मिश्र, वरिष्ठ चिकित्सक डा. गोविन्द केसी, विवेकशील नेपाली दलका रञ्जु दर्शना, प्राध्यापक केदारभक्त माथेमालगायतले बोल्नुभएको थियो। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। ककाकिकी, देउवा–प्रचण्ड छि छि, प्रतिशोधपूर्ण महाअभियोग खारेज गर, दृढ बन सुशीला जनता तिम्रो साथमा छन् लगायतका नारा लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्