बंगलादेशको फर्निचर ब्रान्ड हातिलको शोरुम नेपालमा



काठमाडौं, (नेस)
बंगलादेशको फर्निचर ब्रान्ड हातिलको शोरुम नेपालमा स्थापना भएको छ। बंगलादेशमा आधुनिक डिजाइन र विभिन्न कलात्मक फर्निचरका लागि रहेको ब्रँन्डलाई नेपालमा अखिल ट्रेडिङ कन्सर्नसँगको साझेदारीमा शोरुम स्थापना भएको हो। शोरुम काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको छ।

आइतबार एक कार्यक्रमका बीच आपूर्तिमन्त्री दीपक बोहोराले शोरुमको उद्घाटन गर्नुभयो। आपूर्ति मन्त्री बोहोराले पछिल्लो समय गुणस्तरीय सामान रोज्ने नेपालीको बानीका कारण विभिन्न खालका गुणस्तरीय फर्निचरका लागि चर्चित ब्रान्ड हाटिल रोजाइमा पर्ने बताउनुभयो।

त्यस क्रममा कम्पनीको आधिकारिक बिक्रेता अखिल ट्रेडिङका अध्यक्ष अखिलकुमार चापागाईंले अमेरिका, रुस, क्यानडाका साथै थाइल्यान्ड र भुटानमा समेत शोरुम स्थापना गरी विश्वव्यापी रूपमा ग्राहकको मन जित्न सफल ब्रान्डलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो। हातिलको अध्यक्ष तथा प्रबन्ध निर्देशक सेलीम एच रेहमानले गुणस्तरीय फर्निचर ब्रान्डको रूपमा विश्वमै स्थापित गर्ने मात्र नभइ बंगलादेशलाई विश्वमै चिनाउने पनि आफूहरुको सपना भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्