गृहमन्त्रीद्वारा राजीनामा



काठमाडौं, (नेस)
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

सरकारले हतारहतारमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गएपछि उहाँले त्यसमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिनुभएको बताइएको छ।

उहाँले राजीनामा दिएपछि यस विषयमा पछि कुरा गर्ने बताउँदै मन्त्रालयबाट बाहिरिनुभएको थियो। आफ्नै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामक देखिनुभएका निधिले मुलुक विधिको शासनमा चल्नुपर्ने प्रतिक्रियासमेत दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्