उनको नाम राख्न सरकारको औषधि



सुरेश तामाङ, ललितपुर
जी स्वास्थ्य संस्था तथा गैरसरकारी संस्थालाई स्वास्थ्य शिविर तथा अन्य प्रयोजनका लागि सरकारबाट निःशुल्क उपलब्ध हुने औषधि जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरसँग माग गरेको पाइएको छ।

सहयोग गर्नुपर्ने निजी स्वास्थ्य संस्था तथा गैससले जिल्लाका कुनै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दा उल्टै औषधिहरू माग गरिएको खुल्न आएको हो। आफ्नो संस्थाको नाम कमाउन जिल्लाको दुर्गम ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न सो संस्थाले जनस्वास्थ्यसँग लिखित निवेदनका साथै मौखिक दबाबसमेत आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।

उनका अनुसार सरकारबाट निःशुल्क उपलब्ध हुने औषधिहरू स्वास्थ्य शिविर र अन्य प्रयोजनका लागि माग भएको हो। औषधि माग्नेमा शहरका नाम चलेका निजी स्वास्थ्य संस्था र गैसस छन्।

उनले दिएको जानकारीअनुसार धापाखेलको सुमेरु हस्पिटल, सानेपामा रहेको ओमेगा हस्पिटल, सात दोबाटोमा रहेको एसियन कजेल फर एड्भान्स् स्टडिजका क्याम्पस प्रमुख श्रीजीत श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्र जनस्वास्थ्य प्रमुखलाई सम्बोधन गर्दै स्वास्थ्य शिविरका लागि औषधि चाहियो भन्दै जनस्वास्थ्यमा पेश गरेको निवेदन फेला परेको छ। यही वैशाख ५ गते पेश गरिएको उक्त पत्रमा बीएस्सी नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरू र सुमेरु अस्पताल धापाखेलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि औषधिको माग गरिएको व्यहोरा राखिएको छ।

पत्रका साथ २१ थरीका औषधिको माग गरिएको छ। जसमा ६ भन्दा बढी प्रकारका एन्टिबायोटिक, फंगस, एलर्जी, घाउखटिरा, आइरन चक्की, जुका, ग्यास्ट्राइटिस, पेट दुखेको लगायतका क्याप्सुलहरू माग गरिएको छ।

जनस्वास्थ्यले उक्त औषधिहरू नदिएको भनिए पनि क्याम्पस स्रोतले औषधिहरू लिएर स्वास्थ्य शिविर सम्पन्न गराएको दावी गरेको छ।

क्याम्पसका एक अधिकारीका अनुसार उक्त औषधि ललितपुरकै झरुवारासीमा वैशाख ९ गते स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरका लागि माग गरिएको हो।

त्यस्तै, गुड नेवर्स इन्टरनेसनल नेपालले पनि यसै गरी औषधि मागेको छ। जनस्वास्थ्यसँग सहकार्य गर्दै आवश्यक औषधि वा स्वास्थ्यसँग सम्बन्धित औजार सहयोग गर्नुपर्नेमा उल्टै ती संस्थाहरूले औषधि माग्दा हामी अचम्मित छौँ। सम्बद्ध अधिकारीले भने। हामी कहाँ यस्तो प्रकृतिका निवेदनको चाँङ छ, मौखिक दबाबसमेत आएपछि हामीले कुनै दर्ता गर्यौं भने कुनैलाई फर्काइएको पनि छ। तर हामीले औषधि चाहीँ पठाएका छैनौँ।

जिल्लामा औषधि लिन आएपछि वाक्कदिक्क भएर जनस्वास्थ्यका कमर्चारीले कार्यालयको प्रत्येक सूचना पाटीमा निजी स्वास्थ्य संस्था तथा गैरसरकारी संस्था(गैसस)लाई स्वास्थ्य शिविर तथा अन्य प्रयोजनका लागि औषधि दिइने छैन भन्दै सूचना नै टाँसेका छन्। सरकारले जिल्ला अस्पताललाई ७०, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८ र स्वास्थ्य चौकीलाई ३५ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउँछ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ललितपुरमा ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३८ स्वास्थ्य चौकी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी १६ वटा निजी स्वास्थ्य संस्थाहरू छन्।

प्रतिक्रिया दिनुहोस्