‘सुडान घोटाला’ मुद्दा फैसला, पूर्व प्रहरी प्रमुख दोषी ठहर



नेपाल समाचारपत्र, काठमाडौं । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले बहुचर्चित ‘सुडान घोटाला’ मुद्दामा फैसला गरेको छ ।

सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गर्दै पाँच वर्ष पछि आज सर्वोच्च अदालतले तत्कालिन बरिष्ठ अधिकारीहरुलाई दुई वर्ष कैद हुने फैसला सुनाएको हो ।

पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।

यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।

द्वन्द्वग्रस्त देश सुडानमा एपिसी खरिदको क्रममा भ्रष्टाचार गरेको भन्दै उनीहरुमाथि मुद्दा दायर भएको थियो । उनीहरुले कम गुणस्तरका सामान खरिद गरेको अदालतले ठहर गरेको छ ।

द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा कार्यरत नेपाल प्रहरीका फम्र्ड पुलिस युनिट (एफपीयू) का लागि चाहिने ‘आर्म्ड पर्सनल क्यारियर (एपीसी) खरिदमा करिब २९ करोड रूपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी ‘एस्योर्ड रिस्क’बिरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्