चुनावका लागि दिपायलबाट ठुलो संख्यामा प्रहरी खटाईयो



विमल विष्ट,डोटी ।
यहि बैसाक ३१ बाट हुने स्थानिय तहको निर्वाचनका लागि क्षेत्रीय सदरमुकाम दिपायल बाट ठुलो संख्यामा प्रहरी टोली मध्यपश्चिमका पहाडी जिल्लाहरुमा खटाईएको छ ।

सुदूरपश्चिममा बैसाक ३१ गते हुने भनिएको स्थानिय निकायको चुनाव सरेपछि मध्यपश्चिमका लागि यहाँ बाट प्रहरी टोली खटाईएको हो ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार दिपायल स्थित सुदूरपश्चि क्षेत्रीय प्रहरी कार्यालय दिपायल, प्रहरी तालिम केन्द्र,न.१ गुल्म दिपायल तथा क्षेत्रीय प्रहरी अस्पताल दिपायल बाट एकहजार ६ सय जनाको प्रहरी टोली मध्यपश्चिमका कालिकोट,जाजरकोट,प्युठान,रुकुम,रोल्पा,सल्यान,दैलेख लगायतका जिल्लाहरुमा खटाईएको छ ।

मध्यपश्चिमका पहाडी जिल्लाहरुमा खटाईएको प्रहरी टोली दिपायल बाट त्यस तर्फ प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्