सडक निमार्णमा महिला सहभागिता



बीरबहादुर बम,मुगु ।

आगोले ढुंगा तताउँदै, कम्मरमा हसियाँ अनि दुई हातले गरुङ्गो साबेलले पत्थर फोटदै छिन् रारा १ कि हाँसा देबि बम ।

न उनलाइ घर धन्दा न त गाई गोरु सबै थाति राखेर उनि दैनिक दिन सडक खन्न खटिएकी छन् ।

गाउँमा ठूलो बिकास आएपछि उनलाई उत्साह छ । देशको संबिधान भन्दा हाँसा देबि लाई दैनिक गुजराको चिन्ता छ ।

पेटमा पटुका बाँधेर साबेल घैटीले सडक खनेर बालबच्चा पाल्नु परेको उनले बताउँछिन ।

गाउँमा सडक निमार्ण भएपछिको सहजताले उनलाई लोभ्याएको छ ।

बेलायत सरकारको आर्थिक सहयोगमा संचालित ग्रामिण पहुँच कार्यक्रम र स्थानीय साझेदारी संस्था आरआरडिसीले गमगढी देखि रारा गिलाहा सम्मको दोश्रो चरणको सडक निर्माण शुरु गरेपछि महिलाले काम पाएका छन् । उक्त काममा महिला सहभागिता पनि उतिकै रहेको स्थानीएले बताउँछन् ।

श्रीनगर गाविसकी सिमित बस्तीबाट मात्र नभई कार्कीबाडा, हेन्निकाध, तलितुम, माथितुम, निगाली, छत्यालबाडा, पुलि निगाले लगायत गाउँ बस्ती बाट सयौ महिला पुरुष सडक लागि परेको देख्न पाईन्छ ।

अधिकाश महिला पुरुषहरुले सातुचामल लिएर पुलि गाउँको खोलातिर पाल टाँगेर दिनभरि सडकमा होमिएका छन् ।

एकातिर पैसा अर्कोतिर सडकले गाउँमा गाडी पुग्ने आशाले खोल्सा देखि पाखा सम्म मान्छेको ताँती छ ।

उक्त सडक निर्माणमा दैनिक १२ सय ६० जना भन्दा बढी महिला पुरुष सहभागी हुने साझेदारी संस्था आरआरडिसीका सामाजिक परिचालक पिआर मल्लले भने सडक निर्माणकै लागि ३४ वटा समुह गठन गरिएको छ ।
निगाले गाउँ देखि पुलि सम्म कोही खाना नास्ता पकाउदै कोही सडक खन्दै कोही पानी दाउरा ओर्सादै गरेको दृष्यले पाखा पखेरा बन जंगल रमणीय देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्