फ्रेन्च ओपनमा पुरस्कार राशि बढ्यो



लन्डन, (एजेन्सी)
वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपनमा पुरस्कार ३ करोड ६० लाख युरो बढाएको छ। यो गत वर्षको भन्दा ४० लाख युरो बढी हो। पुरुष र महिला सिंगल्स उपाधि जित्नेले समान २१ लाख युरो पाउनेछन्।

त्यस्तै शुरुआती चरणमा हार्नेको लागि पनि रकम बढाइएको छ। पहिलो चरणमा हार्नेले ५ हजार युरो प्राप्त गर्नेछन्। यो ४० प्रतिशतभन्दा बढी बढाइएको हो।
नोभाक जोकोभिचले गत वर्षको फ्रेन्च ओपनअन्तर्गत पुरुष सिंगल्सको उपाधि जितेका थिए। जोकोभिचले ब्रिटिस खेलाडी एन्डी मुरेलाई हराएका थिए। महिला सिंगल्समा स्पेनकी गार्बिन मुगुरुजाले हात पारेकी थिइन्। मुगुरुजाले भने सेरेना विलियम्सलाई स्तब्ध तुल्याएर उपाधि जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्