चन्द्रकलाले सर्वाधिक रकम पाइन्



काठमाडौं, (नेस)
नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ। विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका खेलाडीलाई कूल १ लाख ५४ हजार नगद पुरस्कार प्रदान गरियो। जसमा पाँच कीर्तिमानका लागि ५ हजारका दरले चन्द्रकला लाम्गादेले सर्वाधिक २५ हजार नगद प्राप्त गरिन्।
यस्तै जनही १० हजार प्राप्त गर्नेमा यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी थारु, सरस्वती भट्टराई, कान्छीमाया कोजु र हरि रिमाल रहेका छन्। त्यस्तै सम्मानित हुने अन्तर्राष्ट्रिय पदक विजेतामा सरस्वती, अमृता र सोमबहादुर कुमाल छन्।

प्रशिक्षकहरू पुष्पराज ओझा, विक्रमजंग थापा, राकेश वज्राचार्य, छविलाल थापा र धनीराम चौधरी, पूर्वखेलाडीद्वय वैकुण्ठ मानन्धर र जितबहादुर केसी तथा पूर्व मुख्य प्रशिक्षकहरू मधुशमशेर जंगबहादुर राणा, विश्वप्रकाश थापा, नारायण यादव, नारायणबहादुर प्रधान, नरबहादुर शाही, मोहन घले र सुशीलनरसिंह राणा पनि सम्मानित भए। १२ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम व्यवस्थापक सन्तोष श्रेष्ठलाई पनि
सम्मान गरियो।

प्रतिक्रिया दिनुहोस्