सदावी र स्नेहा स्कुल प्रिन्सेज



राजधानीमा सम्पन्न छैटौं अक्षरा जुनियर स्कुल प्रिन्सेज २०१७ अन्तर्गत जुनियर तर्फको उपाधि सदावी महतले जितेकी छिन्। साइरा सुवाँगिनी बजगार्इं फस्ट र अर्पना नेपाल सेकेन्ड रनर्सअप भएकी छन्। विजेताहरूले उपाधिसँगै अक्षरा स्कुलमा अध्ययन गर्न सक्लरसिप, मोबाइल साइकलजस्ता विभिन्न उपहार पाएका छन्।

यस्तै निशी महत, पल्पसा दवाडी, सम्मानी घिमिरे, चयन प्रिजातिमा, इली महर्जन, सेलेन मोक्तान, युमिन आलेमगर, रचैता थपलिया र ओजस्वी श्रेष्ठ क्रमशः थर्डदेखि टेन्थ भएका छन्। सिजन मिडियाद्वारा आयोजित स्कुल प्रिन्सेज २०१७ मा सिनियरतर्फको उपाधि आफ्ना ६५ प्रतिस्पर्धीलाई पछि पार्दै स्नेहा थापामगरले जितेकी छिन्। इशा पौडेल फस्ट र गिना बस्नेत सेकेन्ड रनर्सअप भएका छन्। उनीहरूले क्राउनसँगै साइकल, मोबाइल र अक्षरा स्कुलमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन्। यो प्रतियोगितामा सिवा धिताल, युनिशा मैनाली, आमिन खनाल, प्रितिस्ना रेग्मी, कसिस खड्का, सुब्रिना मैनाली, स्मृतिरानी न्यौपाने र एञ्जिला तामाङ क्रमशः थर्डदेखि टेन्थ भएका छन्।

काठमाडौंको नाचघरमा हालै छट्टाछुट्टै आयोजना गरिएको जुनियर र सिनियर स्कुल प्रिन्सेजको निर्णायकमा लायन्स सन्दीप पराजुली, मोडल विपना थापा, सहप्राध्यापक डा. स्वागत श्रेष्ठ, मिस टिन कलेज २०१५ विजेता आसियाना अधिकारी, व्यवसायी अन्डिउ पौडेल र कमला बस्नेत थिए।

प्रतिक्रिया दिनुहोस्