मनीषा क्यान्सरमुक्त भएको खुसीयाली मनाउँदै



नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले आफू क्यान्सरमुक्त भएको खुसीयाली मनाउने बताएकी छिन्। भारतीय मिडियाका अनुसार उनी क्यान्सरमुक्त भएको छिट्टै नै ५ वर्ष हुनेछ र उनी त्यसको खुसीयाली मनाउनेछिन्।

सुवास घईको फिल्म सौदागरबाट बलिउडमा आफ्नो करिअर शुरू गरेकी उनले आफूमाथि ईश्वरको कृपा रहेको र आफ्नो परिवार शिक्षक तथा डाक्टरको पूरा साथ मिलेको बताएकी छिन्। मनीषा छिट्टै नै सञ्जय दत्तको बायोपिक फिल्ममा सञ्जय दत्तको आमाका रूपमा देखिनेछिन्। यो फिल्म छोरा र बुबाको सम्बन्धको बारेमा रहेको उनले बताइन्। ‘यसमा मेरो छोटो भूमिका छ तर मलाई विश्वास छ कि म आफ्नो भूमिकालाई न्याय दिन सक्छु –उनले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्