ओप्पो विश्व बजारमा चौंथो



काठमाडौं, (नेस)
इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले सन् २०१७ को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ।

आईडीसीद्वारा प्रस्तुत डाटाका अनुसार विश्व बजारमा २५ दशमलव ६ मिलियन बिक्री परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७ को पहिलो त्रैमासमा चौंथो स्थानमा रहेको छ।

आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनियाँ बजारमा बलियो उपस्थितिका लागि ओप्पोको मध्यम वर्गीय क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भूमिका खेलेको छ। त्यस्तै बाहिरी बजारमा समेत ओप्पोको वृद्धिदर निकै राम्रो रहेको प्रतिवेशनले जनाएको छ।

एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो बिक्री सञ्जालमार्फत् आफ्नो उपस्थिति जनाउन सफल हुँदै गएको छ। भारतीय बजारको ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकले लागिपरेको छ।

त्यसैगरी इन्डोनेशियालगायत दक्षिणपूर्वी एसियाली देशमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै बिक्रीपछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको प्रतिवेदनमार्फत् जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्