राखेपको आईसीसीको निर्णय स्वागत



काठमाडौं, (नेस)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यको रोकिएको पारिश्रमिक दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गरेको छ।

परिषद्ले शुक्रबार जारी गरेको विज्ञप्तीमा आईसीसीको पछिल्लो निर्णयक गर्नुका साथै अन्योलमा रहेको नेपाली क्रिकेटको विवाद समाधान उन्मूख रहेको सन्देश दिएको उल्लेख छ। विज्ञप्तीमा खेलाडीको पारिश्रमिक दिन राखेपले दुईपटकसम्म पत्रचार गरेको स्मरण गरेको पनि जानकारी गराएको छ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘परिषद्ले आईसीसीलाई क्यानको निलम्बन फुकुवा र खेलाडीको पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा आईसीसीलाई दुई पटक पत्राचार समेत गरेका थियो। खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय आईसीसीले गर्नुमा राखेपको मुख्य भूमिका त छँदै छ सरोकारवाला सबै पक्षको प्रयास पनि उत्तिकै महत्वपूर्ण छ।’

आईसीसीको पछिल्लो निर्णयले राखेपसहित खेलाडी तथा आम क्रिकेटप्रेमीले राहत महसुस गरेको राखेपको बुझाइरहेको बताइएको छ। नेपाल क्रिकेट संघ (क्यान) निलम्बन भएको अवस्थामा पनि राखेपले क्रिकेटको गतिविधिलाई सुस्ताउन नदिने उल्लेख गर्दै जस लिने क्रममा राखेपले विज्ञप्तीमा भनेको छ।

राखेपले चाँडै नै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको पनि सोही विज्ञप्तीमा जनाइएको छ। साथै यसै आर्थिक वर्षमा क्रिकेटको पूर्वाधार निर्माण गर्नेतर्फ राखेप अग्रसर हुने जनाइएको छ। आन्तरिक विवादका कारण निलम्बनमा परेको आईसीसीले विवाद समाधानका लागि सल्लाहकार समिति गठन गरेको छ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र उद्योगपति बसन्त चौधरी संयोजक रहेको सल्लाहकार समितिमा राखेपका प्रेस सल्लाहकार रोहित दाहाल पनि सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्