ख्वताबजी टिम विजेता



नेपाल समाचारपत्र,काठमाडौं
प्रथम सानुकाजी स्मृति फुट्सलको उपाधि शुक्रबार इमेज च्यालनको ख्वताबजी टिमले समयबजी टिमलाई टाइब्रेकरमा हराएर हात पारेको छ।

निर्धारीत समयको खेल २–२ ले बराबर भएपछि सिधै टाइब्रेकरमा निर्णय गरिएको थियो। आयोजक नेवाः पत्रकार राष्ट्रिय दबु, काठमाडौंले नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरलाई ६–० ले हराएर तेस्रो स्थान हासिल गर्यो।

प्रतियोगितामा नेपाल भाषाका पत्रकार र कलाकारहरू सम्मिलित आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागिता जनाउने अन्य टिम नेवाः पत्रकार राष्ट्रिय दबु, केन्द्र, नेवाः पत्रकार राष्ट्रिय दबुः भक्तपुर, नेपालभाषा संकिपा समाज र नेवाः संकिपा राष्ट्रिय दबु थिए।

प्रतियोगितामा संकिपा समाजका गोलरक्षक सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी र समबजिका स्ट्राइकर प्रकाश महर्जन सर्वाधिक गोलकर्ता बनेका थिए। उनले कूल ११ गोल गरे।
यस्तै नेवाः पत्रकार राष्ट्रिय दबु, काठमाडौंले शुक्रबार नेवाःमिडिया कप आयोजना गर्ने घोषणा गर्यो। लाखाछेँ सानुकाजी स्मृति फुट्सलको समापन कार्यक्रममा यस प्रतियोगिताको दोस्रो संस्करण नेपाल भाषाका मिडिया हाउसबीच बृहत् रूपमा आयोजना गर्ने बताइएको हो।

प्रतिक्रिया दिनुहोस्