सारापोभा एक जितले टाढा



लन्डन, (एजेन्सी)
मारिया सारापोभा स्टुटगार्टमा जारी पोर्च ग्रान्ड प्रिक्स टेनिस प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा पुगेकी छन्।

अन्तिम चारमा पुगेपछि सारापोभा विम्बल्डन र अर्को महिना हुने फ्रेन्च ओपनमा स्थान सुरक्षित गर्न एक जितले टाढा छिन्। उनले स्टुटगार्टमा फाइनल पुगेमा आगामी ग्रान्डस्लामको लागि छनोट खेल खेल्नु पर्ने कसरत गर्नु पर्ने छैन।

पूर्व विश्व नम्बर एक खेलाडीले शुक्रबार इस्टोनीयाकी क्वालिफायर एनेट कोन्टाभेइट ६–३, ६–४ ले हराएकी थिइन्। उनले ८३ मिनेटमै सो खेल जितेकी थिइन्।

१५ महिना डोपिङको प्रतिबन्ध लागेकी सारापोभाले सानदार पुनरागमन गरेपछि बुकीहरूले पनि उनीमाथि विश्वास गरेका छन्। आगामी ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनका लागि बुकीहरूले उनलाई उपाधि दावेदारका रूपमा हेरेका छन्।
उनीहरूले सारापोभालाई अहिले नै करिब ६–१ को बाजी लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्