आर्मी महिला हक्की च्याम्पियन



नेपाल समाचारपत्र,हेटौंडा
नेपाल आर्मी जिल्ला हक्की संघ मकवानपुरको आयोजनामा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिता २०७४ च्याम्पियन भएको छ।

हेटौंडा–१० स्थित फरेष्ट्री खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्रदेश नम्बर–४, कास्कीको चुनौती ४–० गोलअन्तरले पन्छाउँदै आर्मीले उपाधि जितेको हो।

उपाधिसँगै आर्मीले नगद ५१ हजार रुपियाँ प्राप्त गर्यो। उपविजेता कास्कीले नगद ३१ हजार रुपियाँ प्राप्त गर्यो।

आर्मीको जितमा रजनीकुमारी गुरुङले दुई तथा सीतामाया बल र टंकमाया खपांगीले १÷१ गोल गरे। बलले चौथो मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्। खपांगीले ४७ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारिन्।
गुरुङले ६२ र ६८ मिनेटमा गोल गरेकी थिइन्।
प्रतियोगितामा कास्कीकी गोलरक्षक समीक्षा पुन उत्कृष्ट खेलाडी घोषित भइन्। आयोजक हेटौंडाकी कविता तामाङ उदीयमान खेलाडी घोषित भइन्।
उनीहरू दुवैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता तेस्रो भएको सुदूरपश्चिमाञ्चललाई नगद २१ हजार प्रदान गरिएको थियो।
प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो टोलीलाई नेपाली सेनाका मध्यपृतना मुख्यालय हेटौंडाका पृतनापति उपरथी देवकुमार सुवेदीले पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्