पृथ्वी नै टुक्रिने युवाहरूको चेतावनी



उत्तर कोरियाको युवा संगठन किमिलसुंगिस्ट–किमजोंगिस्ट युथ लिगले यदि प्योङयाङले आक्रमण थाल्यो भने ‘पृथ्वी नै टुक्रिने‘ दाबी गरेका छन्।

उत्तर कोरियाको युवा लिगले यदि प्योङयाङलाई खतरा हुन्छ भने पचास लाख परमाणु बमले अमेरिकालाई ध्वस्त पार्न तयार रहेको बताएका छन्।

उक्त संगठनको केन्द्रीय कमिटीका प्रवक्ताले भने– ‘यदि उत्तर कोरियाले आक्रमण गर्ने हो भने पृथ्वी टुक्रा हुनेछ।’

यदि कसैले उत्तेजना मात्र देखायो भने पनि सोल र वासिङ्टन ध्वस्त पार्ने उनले प्रतिबद्धता व्यक्त गरे।

यसै महिना प्योङ्याङले अर्को असफल परमाणु परीक्षण गरेपछि उक्त प्रायद्विपमा बढिरहेको तनावका क्रममा उक्त चेतावनी आएको हो।

सरकारी समाचार एजेन्सी केसीएनएले उक्त अखण्ड राष्ट्रमा आणविक विध्वंस निम्त्याउन पचास लाख परमाणु बमसहित दुष्टहरूको समूहलाई निर्ममताका साथ ध्वस्त पार्न युवाहरू आफूलाई पूर्ण तयार पारेर बसेको ती प्रवक्ताले बताएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्