एपिएफका निकेशले दिलाए नेपालका लागि पहिलो पदक



नेपाल समाचारपत्र, काठमाडौं ।
तुर्किमिनिस्तानको राजधानी अस्गाबादमा जारी वक्को एसियन किक बक्सिङ च्याम्यिनसीप २०१७ मा एपिएफका खेलाडी निकेश श्रेष्ठले नेपालका लागि पहिलो पदक दिलाएका छन् ।

अस्गाबादमा आज भएको ७४ केजी तौल समूह अन्र्तगतको उक्त खेलमा एपिएफका खेलाडी निकेशले नेपाललाई पहिलो पदक दिलाएका हुन् । उक्त खेलमा निकेशले काश्य पदक जित्न सफल भएका छन् ।

आयोजक देशका खेलाडी आर मिराडोभलाई पछि पार्दै सेमिफाईनलमा प्रबेश गरेका निकेशको भिडन्त आयोजक टिमकै खेलाडी जोईर्जोन अलाबेर्देभसँग भएको थियो ।

जोईर्जाेनसँगको भिडन्तमा निकेशको खेल तीन पटकसम्मको राउन्डमा बराबरी भएको थियो भने त्यसपछिको राउन्डमा जोईर्जाेनले अग्रता लिए ।

तौल समूहमा प्रतिस्पर्धा भैरहेको खेलमा आर्मीका दिबस श्रेष्ठले ६९ केजी अन्र्तगत भोली फाइन खेल्दै छन् भने केन्द्रीय डोजोका खेलाडी राजुराजा शाहीले ७१ केजी तौल समूहको खेलमा ताजकिस्तानका खेलाडीसँग हार बेहोर्नु पर्यो ।

अप्रिल २४–३० सम्म हुने च्याम्यिनसीपमा ४७ एसियाली देशका खेलाडी सहभागि छन् । दिपक श्रेष्ठको प्रशिक्षणमा तयारी भएको नेपाली खेलाडी टोली गएको शनिबार अस्काबाद तर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्