रुकुममा जिप दुर्घटना, तिनको मृत्यु एघार घाइते



धनवीर दाहाल, रुकुम । रुकुमको आठविसकोट नगरपालिकाको छेपारेवाट चिसापानी जाँदै गरेको जीप ठुली भेरीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

चौरजहारी नगरपालिका वडा नं. ८ का ११ महिने बालक श्रीजन बुढा, जाजरकोट जिल्ला सक्लाका २८ वर्षिय कुमवहादुर बस्नेत र सोही गाउँका १२ वर्षिय धनराज वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको नाम भने थाहा हुन नसकेको प्रहरीको भनाई छ ।

ग १ ज २०६ नम्बरको जीप शुक्रवार अपहरान्न सोही नगरपालिकाको पिपलचौर नजिकै भेरी नदिमा खसेको थियो ।
गाडिमा १८ जना यात्रु सवार रहेको बुझिएको छ । गाडि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमको भनाई छ ।
गाडि के कसरी दुर्घटना भयो अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लिइएको लगिएको छ । दुर्घटना भए लगत्तै दुर्घटना स्थलमा प्रहरी चौकी पूर्तिमकाँडा, इलाका प्रहरी कार्यालय आठविसकोट, इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट खटेको प्रहरी र स्थानीय बासीले घाईतेको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्