सुर्खेतको एमाले एक ढिक्का



शेरबहादुर थापा, सुर्खेत ।
नेकपा एमाले सुर्खेतका नेताहरुले पार्टी एक ढिक्का रहेको बताएका छन् । नेकपा एमाले नगर संगठन कमिटी वीरेन्द्रनगरले शुक्रबार गरेको भेलामा बोल्ने अधिकांश वक्ताले सो दाबी गरेका हुन ।

नगर संगठन कमिटिले उम्मेदवार परिचयात्मक कार्यक्रम भनेर आयोजना गरेको भएपनि वीरेन्द्रनगरका सबै वडामा उम्मेद्वारीको टुङ्गो लगाउन नसकिएकोले कार्यक्रमलाई भेलाको रुपमा परिणत गरिएको थियो ।

भेलालाइ सम्वोधन गर्दै एमाले प्रदेश सहसंयोजक यामलाल कंडेलले विगतमा घरभित्रै आफ्ना उम्मेदवारहरु प्रति लक्षित गर्दै औंलो ठड्याउने प्रवृत्तिका कारण पार्टीले गम्भिर धक्का व्यहोरेको भन्दै यो चुनावमा त्यस्तो प्रवृत्ति दोहो¥याउन खोजे त्यो स्वीकार्य नहुने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्