मुगुमा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य



विरबहादुर बम, मुगु ।
जिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी सहकार्य भएको छ ।

उम्मेदवारी घोषणा गर्न सदरमुकाम गमगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाका सबै तहको चुनावी तालमेल मिलाउने गरी दुवै दल बिच चुनावी सहकार्य भएको नपाली काँग्रेसले जानकारी दिएको छ । छायानाथ रारा नगर पालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदमा हरिजंग शाही र उप प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरबहादुर बुढाको नाम घोषणा भएको छ ।

त्यस्तै मुगुम कार्मारोङ्घ गाउँ पालिकाका लागि नेपाली काँग्रेसबाट छिरिङ्घ क्याप्ने लामा प्रमुख र माओवादी केन्द्रबाट उप प्रमुख ईटोल लामालाई चुनावी प्रतिस्पर्धामा उतार्ने काँग्रेसका उप सभापति खगेन्द्रबहादुर मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सोरु गाउँ पालिकामा प्रमुख पदमा काँग्रेसले लोगबहादुर शाहीको नाम घोषणा गरेको र माओवादी केन्द्रबाट उम्मेदवारको नाम आउन बाँकि रहेको जनाईएको छ । त्यस्तै खत्याड गाउँ पालिकामा भने दुवै दलले प्रमुखका उम्मेदवार घोषणा गरि सकेका छन । तर उप प्रमुखमा भने दुबै दलले उम्मेदवार कसलाई बनाउने भन्ने तय गर्न सकेका छैनन ।

खत्याडमा काँग्रेसका तर्फबाट लोकेन्द्र थापा र माओवादी केन्द्रका तर्फबाट विर्खबहादुर थापाको नाम यस अघि नै टुंगो लागेकाले थप उम्मेदवारका नाम टुंगो लगाई चुनावी सहकार्य अघि बढाउन तिन गाउ पालिका र एक नगर पालिका दुवै दलका जिम्मेवार नेतालाई जिम्मा दिईएको नेपाली काँग्रेसका सभापति खडकबहादुर शाहीले जानकारी दिए ।
नगरपालिकाका लागि वडा तहसम्म सहकार्यका लागि काँग्रेसबाट खगेन्द्रबहादुर मल्ल र माओवादी केन्द्रबाट केबलबहादुर मल्ललाई जिम्मेवारी दिईएको छ । सोरु गाउपालिकाका लागि काँग्रेसबाट लोगबहादुर शाही र माओवादी केन्द्रबाट पुर्व सभासद नवराज धामी, खत्याड गाउँ पालिकामा काँग्रेस सभापति खडगबहादुर शाही र माओवादी केन्द्रका संयोजक सुकविर बुढालाई जिम्मेवारी दिईएको छ ।

नेकपा एमालेले भने यस अघि नै सबै तहको निर्वाचनका लागि एकल रुपमा उम्मेदवारी घोषणा गरि सकेको छ ।

उसले नगरपालिकाका लागि प्रमुखमा जितबहादुर मल्ल, उप प्रमुखमा सुन्तली रोकाया, खत्याडमा प्रमुख उब्जनबहादुर शाही र उप प्रमुखमा जयानन्दा रावल र सोरुमा प्रमुख पदमा धर्मबहादुर शाही र उप प्रमुख राज्यलक्ष्मी मल्लको उम्ेदवारी टुंग्याई सकेको छ । मुगुम कार्मारोङ्घमा सोनाम लामाको प्रमुख पदमा उम्मेदवारी बनाएको छ भने उप प्रमुखकमा छिरिगं तामाग नाम आएको छ ।

प्रतिक्रिया दिनुहोस्