अख्तियार पसेपछि नेपालगञ्जमा लाइसेन्स वितरण रोकियो



नेपाल समाचारपत्र, बाँके । यातायात व्यवस्था कार्यालय, भेरी नेपालगञ्जमा लाइसेन्स वितरण कार्य रोकिएको छ ।

करोडौको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले छानबिन थालेपछि दुई र चार पांग्रेको लाइसेन्स रोक्का भएको हो । भदौमा खोलिएको दुई पांग्रेको लिखित परीक्षामात्रै भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु साहनीका अनुसार, २५ हजारले फाराम भरेकोमा २२ हजारले परीक्षा दिएका थिए । यो परीक्षाको नतिजा नै बाहिर आउन सकेको छैन ।

चार पांग्रेको लाइसेन्स वितरण नै रोकिएको छ । १२ हजारले फाराम भरेर ९ हजार पास भएको चार पांग्रेको लाइसेन्स वितरण चलिरहेकै बेला रोकिएको छ । कार्यालय प्रमुखलाई निलम्बन गरिएपछि लिखित र ट्रायल पास भएकाहरुले पनि लाइसेन्स पाउन नसकेका हुन् । सूचना अधिकारी साहनीले अर्को आदेश नभएसम्म लाइसेन्स वितरण गर्न निर्देशन आएको बताउनुभयो । ‘लाइसेन्स वितरणबाहेक अरु काम गरिरहेका छौं, सूचना अधिकारी साहनीले भन्नुभयो ।

लाइसेन्सका लागि देशभरबाटै नेपालगञ्जमा परीक्षार्थी ओइरिएपछि पाँच करोडबढीको चलखेल भएको स्रोतहरुको दावी छ । उत्तरपुस्तिका नै नजाँची ८० प्रतिशतलाई पास गराएको उजुरी गरेपछि छानबिन थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्