महिलाको मृत्यु



नेपाल समाचारपत्र, काठमाडाँै । गयराति भएको सडक दुर्घटनामा भगवती अर्यालको मृत्यु भएको छ ।
काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा मृत्यु भएको हो ।

लु १ ख ९९९६ नम्बरको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस सम्बन्धमा आबयक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्