माओवादीले उमेद्वार टुंग्यायो



सन्तोष अधिकारी, गोरखा । आगामी बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले जिल्लाको ११ वटै तहमा उमेद्वारको टुंगो लगाएको छ ।

शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर जिल्ला इन्चार्ज चुडामणि खड्काले सबै तहमा उमेद्वार छनोटको काम सकिएको बताएका हुन । दुई नगरपालिका र ९ वटा गाउँपालिका रहेको गोरखामा माओवादी केन्द्रले उमेद्वारको टुंगो लगाएको हो ।
जिल्लाको गोरखा नगरपालिकामा माओवादीले हालका नगर इन्चार्ज समेत रहेका कृष्ण रानालाई नगरको मेयर पदमा उठाउने टुंगो लगाएको छ । गोनपामा उपमेयर कस्लाई बनाउने भन्नेबारे भने माओवादीले सार्वजनिक गरेको छैन ।

तर, माओवादी स्रोतका अनुसार कमला नहर्कीलाई उपमेयर बनाउने लगभग सहमती भइसकेको छ । त्यस्तै जिल्लाको अर्काे नगरपालिका पालुंटारमा मेयरको लागि विवश चिन्तन उठ्ने पक्का भइसकेको छ । उपमेयरमा पम्फा बसेल उठ्ने छिन् ।
अजिरकोट गाउँपालिकामा प्रमुखमा दिपक देवकोटा र उपप्रमुखमा अनिता भूजेल उठ्ने जिल्ला इन्चार्ज खड्काले बताए । जिल्लाको तिब्बत सँग सिमाना जोडिएको हिमालपारीको चुमनुब्री गाउँपालिकामा प्रमुखमा लाक्पा डुण्डुप र उपप्रमुखमा कुमारी गुरुङ्ग उठ्ने छन् ।
धार्चे गाउँपालिकामा प्रमुखमा सूर्य गुरुङ्ग र उपप्रमुखमा आशा गुरुङ्ग चुनावी मैदानमा उत्रने पक्का भएको हो । सुलिकोट गाउँपालिकामा विष्णु भट्ट प्रमुखमा र उपप्रमुखमा सनमाया गुरुङ्ग उठ्ने छन् ।

आरुघाट गाउँपालिकामा जगन्नाथ खनाल र अमृता लामा क्रमशम प्रमुख र उपप्रमुख उठ्नेछन् । भीमसेन गाउँपालिकामा लोकप्रसाद बञ्जरा प्रमुख र लीला श्रेष्ठ उपप्रमुख उठ्ने माओवादीले जनायो ।

सहिद लखन गाउँपालिकाको प्रमुखमा रमेश थापा मगर र उपप्रमुखमा इन्दीरा तिवारीको नाम रहेको छ । गण्डकी गाउँपालिकामा दिपक तिमल्सेना प्रमुख र उपप्रमुखमा पूर्णा थापा कांग्रेस र एमाले सँगै चुनावी मैदानमा लड्ने छन् ।

सिरान्चोक गाउँपालिकाको प्रमुखमा नवराज पुडासैनी लड्ने छन् । उपप्रमुखको भने नाम टुंगो नलागेको माओवादीले जनायो । जिल्लामा अन्य पार्टीले पनि उमेद्वार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्