विद्यालयमा पिटिएका बालकको मृत्यु



क्वालालम्पुर, (एजेन्सी)
विद्यालयका कर्मचारीहरूद्वारा निर्घात पिटिएपछि दुईवटै खुट्टा काटिनुपरेको एकजना मलेसियाली छात्रको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन्।
प्रहरीका अनुसार जोहार राज्यको एउटा निजी इस्लामिक विद्यालयमा सहायक वार्डनले उनीलगायत एघारजना बालबालिकालाई पानी तान्ने पाइपले पिटेका थिए। अनुसन्धानको क्रममा ती बालकको डायरीमा त्यहाँ कर्मचारीहरूले निरन्तर याताना दिँदै आइरहेको मलेसियाली सञ्चार माध्यमले जनाएका छन्।

कोमामा रहेका उनलाई बुधबार उनका पिताले मृत घोषित गरेका थिए। उनको परिवार उनको सुस्वास्थका लागि प्रार्थनारत रहेको ती पिताले दि स्टार अखबारलाई बताएका छन्। उपचारकै क्रममा उनको दाहिने हात पनि काट्न ठीक पारिएको थियो। विद्यालयको प्रार्थना सभा भवनमा हल्ला गरेको आरोपमा २४ मार्चमा उनीलगायत १४ जना बेस्सरी पिटिएका थिए।

ती बालकको डायरीका अनुसार दक्षिणी मलेसियाको कोटा टिन्गीस्थित सो विद्यालयमा कुनै एकजना मात्र विद्यार्थीले गल्ती गर्दा पनि समूहलाई नै संजाय दिइने गरेको रहेछ। पिटाइ खानमा समेत तिनीहरूको तँछाडमछाड हुने गर्दो रहेछ।
पहिले पिटिएको खण्डमा समयमै सुतेर बिहान तीन बजे प्रार्थनाका लागि उठ्न पाइने तिनीहरूको कथन छ। मलाया मेल अनलाइन अखबारले सार्वजनिक गरेको डायरीको एक मार्मिक अंश यस्तो छ, ‘प्यारो अल्लाह मलाई अर्को विद्यालयमा सार्ने अनुमतिका लागि मेरा मातापिताको हृदय खोलिदिनु किनभने म यहाँ एकछिन पनि बस्न सक्दिनँ।’

प्रतिक्रिया दिनुहोस्