एमाले उम्मेदवार टुंगो लाग्न बाँकी



नवीन श्रेष्ठ, सिन्धुली

स्थानीय तहको निर्वाचनमा पार्टीबाट उठ्ने उम्मेदवार टुंगा लगाउन नेकपा एमालेलाई सकस परेको छ। जिल्लामा रहेको ७ गाउँपालिका र २ नगरपालिकामध्ये ५ गाउँपालिकामा प्रमुखको उम्मेदवार सर्वसम्मत टुंगो लगाउन नसकेर प्रदेश स्तरीय उम्मेदवार छनोट समितिलाई सिफारिस गरेको छ।

उपप्रमुखमा भने ४ गाउँपालिकाको सर्वसम्मत हुन नसकेर प्रदेश स्तरीय उम्मेदवार छनोट समितिलाई सिफारिस गरिएको नेकपा एमालेका सचिव सूर्य पाख्रिनले बताए। क्षेत्रीय समितिले पठाएको सिफारिसको आधारमा जिल्ला कार्यसमितिले सुझावसहित प्रदेश स्तरीय उम्मेदवार छनोट समितिलाई सिफारिस पठाएको सचिव पाख्रिनले बताए।

कमलामाई नगरपालिकाको प्रमुखको सर्वसम्मत खड्ग खत्रीको टुंगो लागेको छ भने उपप्रमुखमा विवाद भएपछि जिल्ला कार्यसमितिले मञ्जु देवकोटाको नाम प्रदेश समितिमा पठाएको सचिव पाख्रिनले बताए। दुधौली नगरपालिकामा घनश्याम राउत, उपप्रमुखमा बालकुमारी अधिकारी दनुवार सर्वसम्मत सिफारिस भएको सचिव पाख्रिनले बताए।

त्यस्तै सर्वसम्मत हुनेमा मरिण गाउँपालिकामा गोविन्दलाल माझी र उपप्रमुखमा शर्मिला माझी र हरिहरपुर गढी गाउँपालिकाको प्रमुखमा मानबहादुर वाइबा र उपप्रमुखमा छिरिङमाया लामा सर्वसम्मत सिफारिस भएको सचिव पाख्रिनले बताए। सुनकोशी गाउँपालिकामा उप्रमुखका लागि मिथुला प्याकुरेल र घ्याङलेकमा उपप्रमुखका लागि प्रमिला वाइबा सर्वसम्मत भएको सचिव पाख्रिनले बताए।

सर्वसमत हुन नसकेको स्थानमा आकांक्षी उम्मेदवारको नाम प्रदेश समितिलाई पठाएको समेत सचिव पाख्रिनले बताए। सर्वसम्मत हुन नसकेकोमा तीनपाटन गाउँपालिकाको प्रमुखमा आकांक्षी अमर थापा मगर, छत्रबहादुर दाहाल, बुद्धिमान तामाङ उपप्रमुखमा पदममाया तामाङ र सानिमाया पाख्रिनको नाम प्रदेशमा सिफारिस भएको सचिव पाख्रिनले बताए। त्यस्तै फिक्कल गाउँपालिकाबाट प्रमुखमा धनबहादुर कार्की र पार्वती सुनुवार र उपप्रमुखमा अनिता पहाडी र पार्वती सुनुवारको नाम प्रदेशमा सिफारिस भएको सचिव पाख्रिनले बताए। गोलञ्जोर गाउँपालिकाबाट प्रमुखमा नारायण बराल, शंकर बराल र टीका देवकोटा र उपप्रमुखमा रस्मिला देवकोटा र धनकुमारी पुलामीको नाम प्रदेशमा सिफारिस भएको सचिव पाख्रिनले बताए। सुनकोशी गाउँपालिकाबाट प्रमुखमा कौशल कोइराला र रामकृष्ण श्रेष्ठको नाम सिफारिस भएको छ भने घ्याङलेक गाउँपालिकाबाट प्रमुखमा धनबहादुर वल र दिनेश लोको नाम प्रदेशमा सिफारिस भएको सचिव पाख्रिनले बताए।
केही वडा अध्यक्षको पनि टुंगो लाग्न नसकेको सचिव पाख्रिनले बताए। कमलामाई नगरपालिकाको वडा नं. ६ र १० को अध्यक्ष टुंगो लाग्न बाँकी रहेको पाख्रिनले बताए। वडा अध्यक्षको अन्तिम टुंगो जिल्ला कमिटीले नै लगाउनुपर्ने भएकाले सहमतिका लागि पहल भइरहेको समेत सचिव पाख्रिनले बताए। वडा अध्यक्षको उम्मेदवार टुंगो लाग्न बाँकी रहेको वडाहरूमा दुधौली नगरपालिकाको वडा नं. ३ र ४, तीनपाटन गाउँपालिककाको वडा नं. १ र ५, गोलञ्जोर गाउँपालिकाको वडा नं. २ र ३ सुनकोशी गाउँपालिकको वडा नं. ४ र ५ र मरिण गाउँपालिकको वडा नं. १ र ६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्