लमजुङमा आकांक्षीको लर्को



नवराज पहाडी, लमजुङ

स्थानीय तहको निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम टुङ्गो लगाउन दलहरूलाई निकै समस्या परेको छ। शीर्ष पदमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने प्रावधानका कारण महिला आकांक्षीको संख्या पनि निकै छ।


जिल्लाको सुन्दरबजार नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका लागि १३ जनाको नाम नगर समितिले क्षेत्रीय समितिलाई सिफारिस गरेको छ। दामोदर अधिकारी, द्वारिका मिश्र, भीमबहादुर दुरा, गणेशप्रसाद न्यौपाने, धु्रवबहादुर कुँवर, लक्ष्मीकान्त पौडेल, प्रमोदकुमार श्रेष्ठ, शुभनाथ मिश्र, बद्रीमान श्रेष्ठ, उत्तम गुरुङ, नरेन्द्र ढुङ्गाना, प्रकाश सेडार्इँ र परमेश्वर अधिकारीको नाम सिफारिस भएको छ। उपप्रमुखमा वासना तिमिल्सेना, राधा श्रेष्ठ र ज्ञानु शाह लगायतले दाबी गरेका छन्।

उक्त नगरपालिकामा एमालेबाट प्रमुख पदमा जनक मिश्र, भीमबहादुर गुरुङ र लोकराज पाण्डेले दाबी गरेका छन् भने इन्दिरा बस्नेतलगायत चर्चामा छन्। एमाले र माओवादीबीच गठबन्धन हुने भएपछि दुई शीर्ष पदमध्ये एक पद माओवादीले पाउनेछ। माओवादीबाट कृष्णबहादुर विक, सुनिल विक, सरला भुजेल, मुरारी भुजेललगायतले शीर्ष पदमा दाबेदारी गरेका छन्। त्यस्तै, फोरम र नयाँ शक्ति गठबन्धनले २–३ दिनभित्र टुंगो लगाउने बताइएको छ।

त्यसै गरी मध्यनेपाल नगरपालिकामा नेपाली कांग्रेसबाट १८ जनाले दाबी गरेका छन्। सो दलका महासमिति सदस्य रमेश पाण्डे, निवर्तमान पूर्व जिल्ला सचिव आनन्द घिमिरे, नेविसंघका पूर्वजिल्ला सभापति धु्रव अधिकारी, तत्कालीन इशानेश्वर गाविसका निवर्तमान अध्यक्ष विष्णुहरि घिमिरे, जिल्ला सदस्यद्वय मदन घिमिरे र मदनकुमार न्यौपाने, पूर्वशिक्षक बद्री कोइराला र नवराज न्यौपानेलगायत आकांक्षी छन्।

एमालेको तर्फबाट सो नगरपालिको प्रमुखमा कृष्णप्रसाद पौडेल, राजकुमार श्रेष्ठ, योगेन्द्र नारायण शाहले दाबी गरेका छन् भने उपप्रमुख पदमा सन्तुमाया विक र सीता गुरुङ चर्चामा छन्। त्यस्तै, नयाँ शक्ति र फोरम गठबन्धबाट पनि पार्टीका तर्फबाट सरोजचन्द्र न्यौपाने, गेहराज पौडेल र शोभा गिरी आकांक्षी देखिएका छन्।

रागिनास नगरपालिकामा पनि आकांक्षी धेरै छन्। उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट आठ जनाले दाबी गरेका छन्। डिकेन्द्रराज कँडेल, खड्गबहादुर गुरुङ, राजकुमार पाण्डे, पद्मराज कँडेल, जनकलाल श्रेष्ठ, प्रेमराज चिलुवाल, रामकृष्ण कँडेल चर्चामा छन्। यसै गरी, एमालेको तर्फबाट सो दलका सल्लाहकार समितिका वरिष्ठ सदस्य मातृका खनाल र कार्यालय सचिव सिंहबहादुर थापा हुनुहुन्छ। यसै गरी, उपप्रमुख पदमा शान्ताकुमारी न्यौपाने र शोभा चिलुवाल रहेका छन्।

माओवादी केन्द्रबाट सो नगरको प्रमुख तथा उपप्रमुखमा सो दलका केन्द्रीय अधिवशेन तयारी समितिका सदस्यद्वय मेषबहादुर भण्डारी र चन्द्रकान्त न्यौपाने, जिल्ला सदस्य इन्दिरा पोखरेल तथा शिशु विद्याश्रम माविका प्रधानाध्यापक नानुमाया पराजुलीले दाबी गरेको बताइएको छ। उक्त नगरपालिकामा नयाँ शक्तिका तर्फबाट जिल्ला संयोजक राजु थापा, नारायण पौडेल, अशोक पाण्डे र गोविन्द कोइराला चर्चामा छन्। उक्त नगरपालिकामा मोहन वैद्य निकटको माओवादीद्वारा गठिन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला संयोजक सुरेशचन्द्र न्यौपानेले पनि प्रमुख पदमा दाबी गरेका छन्।

दूधपोखरी गाउँपालिकाको प्रमुखका लागि कांग्रेसबाट गर्जबहादुर र छुपिमाया, उपप्रमुखमा रामहरि न्यौपानेले दाबी गरेका छन् भने एमालेको तर्फबाट रामहरि दवाडी, धनबहादुर गुरुङ र उपप्रमुखमा महिलातर्फ लक्ष्मी दवाडी र कृष्णमाया गुरुङ चर्चामा छन्।
सो गाउँपालिकाका लागि माओवादी केन्द्रका तर्फबाट जिल्ला संयोजक मधु अधिकारी, सतीमाया गुरुङ, खेमबहादुर गुरुङ (केवि), गगन गुरुङ (हरिप्रसाद) र क्षेत्रबहादुर गुरुङले दाबी गरेका छन्। त्यस्तै, फोरम र नयाँ शक्ति गठबन्धबाट रेखी गुरुङ प्रमुख र तुलसी गुरुङ उपप्रमुख पदमा उठ्ने तयारी भएको बुझिएको छ।

दोर्दी गाउँपालिकाको प्रमुख पदमा कांग्रेसबाट विच्छबहादुर घले, पशुपति अधिकारी, हरिप्रसाद अधिकारी, शंकरप्रसाद अधिकारी, प्रितम घले, लालबहादुर गुरुङ, नवराज न्यौपाने, बुधमान गुरुङ, कृष्णबहादुर विक र शेरबहादुर गुरुङ चर्चामा छन्। उनीहरूले औपचारिक रूपमै गाउँपालिकाको प्रमुखमा निवेदन दर्ता गराएको सो पार्टीले जनाएको छ। एमालेबाट प्रमुख पदमा लोका अधिकारी र युवराज अधिकारी, रामशाली घिमिरे छन् भने उपप्रमुखमा इन्दिरा लम्साल, उमा खत्री, विष्णुमाया गुरुङ र लोकमाया गुरुङ रहेका छन्।

उक्त गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुख तथा उपप्रमुखमा ओमबहादुर गुरुङ, भरत गुरुङ, चीनबहादुर गुरुङ, रवीन्द्र अधिकारी र रामप्रसास पौडेल तथा नलु गुरुङले दाबी गरेका छन्। त्यसै गरी, नयाँ शक्ति पार्टीबाट कृष्णबहादुर तामाङ, ईश्वर अधिकारी, विवेक श्रेष्ठ, शंकरलाल परियार चुनावी तयारीमा छन्।
यसै गरी, मस्र्याङ्दी गाउँपालिकाको प्रमुखमा कांग्रेसको तर्फबाट लोकनाथ घिमिरे, नरबहादुर गुरुङ, खगेश्वरजंग गुरुङ र बलबहादुर गुरुङ आदिले दाबी गरेका छन्। उक्त गाउँपालिकाको प्रमखमा एमालेका प्रत्यासी बढी देखिएका छन् । सो पार्टीबाट अर्जुन गुरुङ, जितबहादुर गुरुङ, बमबहादुर थापा, तीर्थ बस्नेत, अमृत थापासहित हुनुहुन्छ भने उपप्रमुखमा जुना थापा चर्चामा छन्। माओवादी केन्द्रबाट प्रमुख तथा उपप्रमुखमा कृष्णबहादुर विक, होमबहादुर विक, अजय तामाङ, दयासागर घिमिरे, लुकमाया गुरुङ र हेमराज तामाङ रहेका छन्।

क्व्होलासोथर गाउँपालिकाको प्रमुख पदमा कांग्रेसबाट रघुप्रसाद गुरुङ, खजिन्द्र गुरुङ, मखनबहादुर गुरुङ तथा एमालेबाट प्रेम घलेको नाम सर्वसम्मत भएको बताइएको छ। सो गाउँपालिकामा माओवादी केन्द्रबाट डम्बर गुरुङ, सन्तोष गुरुङ र धर्म गुरुङले दाबी गरिरहेका छन् भने फोरम गठबन्धनका प्रमुखमा करन गुरुङ र उपप्रमुखमा सावित्री तामाङ उठ्ने तयारीमा छन्। चुनावका लागि संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको तालमेल भएको तीन दिन बित्न नपाउँदै बिहीबार नेकपा एमाले र माओवादीबीच तालमेल भएको छ। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खेमजंग गुरुङले दोर्दी गाउँपालिकाको सबै पदमा आफ्नो गठबन्धनका उम्मेदवार विजयी हुने रणनीतिका साथ चुनावी तयारी भइरहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्