दलित उम्मेदवार पाउन मुस्किल



हिमनाथ देवकोटा, रसुवा

जिल्लामा क्रियाशील राजनीतिक दललाई दलित उम्मेदवार पाउन मुस्किल परेको छ। पाँचवटा गाउँपालिका रहेको रसुवामा दलित बस्ती नरहेको वडामा दलित उम्मेदवार उठाउन समस्या भएको नेताहरूले बताएका छन्।

विशेष गरी जिल्लाको माथिल्लो भागमा दलितको बसोबास नरहेकाले राजनीतिक दलले दलित उम्मेदवार छनोट गर्न समस्या भएको हो। नेकपा एमाले रसुवालाई जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे, लाङटाङ, बृद्धिममा दलित उम्मेदवार पाउन समस्या भएको छ भने नेकपा माओवादी केन्द्रलाई कालिका गाउँपालिकाको राम्चेमा समस्या आएको छ।

नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसलाई पनि लाङटाङ, टिमुरे, बृद्धिम, थुमन र राम्चेमा दलित उम्मेदवार नपाउँदा उम्मेदवार छनोटमा समेत समस्या आएको हो।

प्रतिक्रिया दिनुहोस्