सल्यानमा एक लाख २५ हजार बढी मतदाता



सरिता चलाउने, सल्यान । स्थानीय तहको चुनावका लागि सल्यानमा एक लाख २५ हजार २ सय ५६ जना मतदाताले भाग लिन पाउने भएका छन । ३ नगरपालिका र ७ गाउँपालिका सल्यानमा छ । जसमा शारदा नगरपालिकाबाट १९ हजार २४ जना वागचौर नगरपालिकामा १७ हजार ५ सय ६१ जना र बन्गाड कुपिण्डे नगरपालीकाबाट १६ हजार ३ सय १५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
त्यसैगरी पछिल्लो समयमा गाउँपालिका घोषित दार्मा गाउँपालिकाबाट ९ हजार ५ सय ५५ जना, त्रिबेणी गाउँपालिकाबाट ९ हजार १ सय ८९ जना, ढोरचौर गाउँपालिकाबाट ७ हजार ९ जना छत्रेश्वरी गाउँपालिकाबाट १२ हजार ४ सय २४ जना रहेका छन ।
यस्तै कुमाख मालीका गाउँपालिकाबाट १२ हजार १ सय ९३ कालिमाटी गाउँपालिकाबाट १२ हजार १ सय २४ जना र कपुरकोट गाउँपालिका ९ हजार ८ सय ६१ मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्बाचन अधिकृत महेश शर्माले दिनुभएको छ ।

अहिलेको स्थानीय चुनाबमा सल्यानमा ६२ हजार ४ सय पाँच जना महिला र ६२ हजार ८ सय ९१ जना पुरुष छन ।
७० सालको संबिधान सभाको चुनाबमा पनि पुरुषको सङख्या बढि रहेको र अहिलेको स्थानीय चुनाबमा पनि पुरुषको सङख्या बढि रहेको शर्माले बताउनु भयो ।

निर्बाचनका लागी सामाग्री आईसकेको र स्वयमसेबकहरु मतदाताको घर घरमा परिचालन भैसकेको उहाले जानकारी दिनुभयोे ।

प्रतिक्रिया दिनुहोस्