टिकट नपाएपछि धमाधम पार्टी परिवर्तन



नेपाल समाचारपत्र, रसुवा । स्थानीय तहको चुनावको लागि पार्टीले टिकट नदिएपछि रसुवामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेताहरुले पार्टी परिवर्तन गर्न थालेका छन् ।

गाँउपालिका तथा वडा अध्यक्षका आकांक्षीले पार्टीले टिकट नदिएपछि पार्टी परिवर्तन गर्न थालेका हुन् ।
जिल्लामा क्रियाशिल नँया शक्ति पार्टी नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य, जिल्ला स्तर तथा गाँउपालिकाका दुई दर्जन भन्दा बढि नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गरेका छन् ।
अन्य पार्टीकमा टिकट पाउने निश्चित भएपछि पार्टीका केन्द्रिय सदस्यले समेत पार्टी छाड्ने क्रम बढेको नेताहरुले वताएका छन् । पाटी परिवर्तन गर्नेमा सबैभन्दा बढि नँया शक्तिका रहेको पाइएको छ । नेपाली कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता पनि टिकट पाउने आशामा अन्य पार्टीमा लाग्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्