सांसद्को श्राद्ध गर्ने मेयरका उम्मेदवार



नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा उपमहानगर मेयरमा राकेशकुमार शर्माले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् । विभिन्न समयमा देशका विभिन्न ठाउ“मा पुगेर ६ सय १ सांसद्को श्राद्ध गर्ने, सयममै संविधान आओस् भनी पूजापाठ लगाउनेजस्ता कामले चर्चामा रहेका शर्माले मेयरमा स्वतन्त्र उमेदवारी दिने बताएका हुन् ।

शर्माले आफूले नगरका नागरिकलाई झुटो आश्वासन नदिने बताएका छन् । निर्वाचनमा विजयी भए नगरको आवश्यकताका आधारमा कार्यक्रम सार्वजनिक गर्ने उनले बताए । अहिले हचुवाका भरमा झुटो आश्वासन नबा“ढ्ने उनको दाबी छ ।

संविधानसभाको पटकपटक म्याद थपेर भत्तामात्र खान पल्केको भन्दै सबै सभासद्को पहिलो तिथि श्राद्ध गर्न लाग्दा बर्दियाका उनी प्रहरीको हिरासतमा परेका थिए ।

२०६७ जेठ १४ गते मध्यरातदेखि संविधानसभाको म्याद सकिएर सबै सभासद्को मृत्यु भइसकेको भन्दै पहिलो तिथि श्राद्ध गर्न खोज्दा बर्दियाको गुलरिया वडा नं. ६ का करिब ४७ वर्षीय शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हेटौंडाको सीमाचोकमा श्राद्धको तयारी गरेका उनलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

ठाउ“ सरेर श्राद्धका लागि बस्ने तयारी गर्दा करिब ५० मिटर पर पुगेपछि प्रहरीले नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो । उनले सभासद्को श्राद्धका निमित्त अघिल्लो दिन एकछाक बसी कपाल मुण्डन गरेका थिए ।

२०५२ सालदेखि हेटौंडामा रहेका शर्माले सांसद्हरुले जनतालाई झुक्याउने काम गरेको, सहमतिको नाममा जनतालाई धोका दिएको, सत्ता लडाईंको खिंचातानीमा अल्झिएको र उनीहरु सुविधाजनक फाइभस्टार होटलमा ऐसआराम गरेर जनताको रगत चुस्न तल्लीन रहेको आरोप लगाएका छन् ।

उनले २०६७ मंसिर ६ गते गुलरियाको राधाकृष्णचोकमा ६ महिने, नेपालगञ्जको धम्बोजी चोकमा ७ महिने, नारायणगढको पुल्चोकमा ८ महिने र बीरगञ्जको घण्टाघरमा ९ महिने मासिक गरेका थिए भने काठमाडौं भद्रकाली मन्दिरमा राष्ट्र र जनताको लागि ग्रहशान्ति गरेका थिए । गत वर्ष जेठमा काठमाडौं खुलामञ्चमा बरखीसमेत गर्न उनले भ्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्